Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


चाँगुनारायण नगरपालिकाद्वारा वडा वडामा खेलकुद सामग्री प्रदान

एक्सन खबर
मंसिर, १७, २०८०


चाँगुनारायण नगरपालिकाद्वारा वडा वडामा खेलकुद सामग्री प्रदान

काठमाडाैं, १६ मंसिर । चाँगुनारायण नगरपालिकाले विद्यार्थीहरुलाई विभिन्न खेलकुद सामग्री दिएको छ । चाँगुनारायण नगरपालिका नगर खेलकुद विकास समितिले वडाका खेलाडीहरुलाई विभिन्न खेलका खेलकुद सामाग्री वितरण गरेको हो ।

वागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिका वडा नम्बर १ को नेक कलेज खेल मैदानमा विभिन्न खेलकुद सामाग्रीहरू वितरण गरेको नगरपालिकाले जनाएको छ ।

खेलकुद सामग्री वितरण गर्दै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले शारीरिक र मानसिक रुपमा खेलकुदले सहयोग पुर्याउने भएकोले बालबालिका, युवा, विद्यार्थीहरुलाई खेलकुदमा सहभागी गराउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बाेल्दै नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकतामा राखेकोले सबै वडामा निःशुल्क खेलकुद प्रशिक्षण सञ्चालन गर्दै आएको बताए । विभिन्न खेलका प्रशिक्षकहरु नगरपालिकाका ९ वटै वडा स्तरमै गएर विभिन्न खेलका प्रशिक्षण प्रदान गर्ने तथा आवश्यक सामाग्रीहरु निःशुल्क उपलब्ध गराइरहेको जनाए ।

खेलाडीहरुलाई फुटबल, व्याडमिन्टन, भलिवललगायतका खेलकुद सामाग्री वितरण गरिएको चाँगुनारायण नगरपालिका नगर खेलकुद बिकास समितिका संयोजक रघु केसीले बताए । नगरपालिकाको वडा नं. २ केएमसी खेल मैदान, वडा नं. ४, वडा नं. ५ गोटीखेल चौर, वडा नं.६ तेलकोट, वडा नं. ७ मा रग्वी रंगशाला, ८ मा मिश्रेटार र ९ ताथलीमा पनि खेलकुद सामाग्री वितरण गरिएको छ ।

खेलकुद सामाग्री वितरण कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जयन्द्र खड्का, नेपाली काँग्रेस चाँगुनारायण नगरपालिकाका नगर सभापति शिवहरि केसी, काँग्रेस महाधिवेशन प्रतिनिधि गोबिन्द थापा, मनोहरा आधारभुत विद्यालयका प्रधानाध्यापक राजु खत्री,  प्रशिक्षकहरु राजकुमार रसाइली, प्रेमकुमार लामा, विजयराम एण्डो, श्याम भँडेल, मिलन रत्न श्रेष्ठ, कुशल सुवाल, बुद्धमान तामाङलगाएत खेलाडीको उपस्थिति रहेको थियो ।













0 प्रतिकृया