Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


वसन्तपुरमा दियो बालेर राजतन्त्र फर्काउने दुर्गा प्रसाईंको घाेषणा

एक्सन खबर
मंसिर, १७, २०८०


वसन्तपुरमा दियो बालेर राजतन्त्र फर्काउने दुर्गा प्रसाईंको घाेषणा

काठमाडौं, १७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मङ्सिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सरकार चलाउने भन्दै बसन्तपुरमा दियाे बालेर राजनत्त्र फर्काउने घाेषणा गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका प्रसाईंले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै फागुन १ गतेबाट व्यवस्था परिवर्तनका लागि आफ्नो आन्दोलन निर्णायक बनाउने दाबी गरे । उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताए ।

‘वैदिक सनातन सापेक्ष मुलुक बनाई देसमा शान्ति र अक्षूण राख्न राजसंस्थाको मुद्दालाई थप स्थापित गराउनेछौं । २०८० साल फागुन १ गते मेचीमा बालेको दियो काठमाडौँको वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाई यो जनविद्रोह सशक्त बनाउँदै व्यवस्था परिवर्तनका लागि मूर्त रूप दिनेछौ’, पत्रकार सम्मेलनमा प्रसाईंले भने ।

उनले बैंक तथा लघुवित्त र बीमा कम्पनी राष्ट्रियकरण गर्ने, निक्षेपको जिम्मा सरकारले लिनुपर्ने र अति विपन्न गरिबको २० लाख ऋण मिनाहा गर्नुपर्ने तथा धितो फिर्ता गर्नुपर्ने लगायतका माग सार्वजनिक गरेका छन् । एक हजार र ५ सयका नोटबन्दी गर्नुपर्ने, राजा जनक र बुद्धको तस्बिर भएका नोट छाप्नुपर्ने लगायतका उनकाे माग छ ।

उनले प्रदेश संरचना खारेज, सर्वोच्च अदालतमा सय जना न्यायाधीश नियुक्ति, विदेशमा बन्दी जीवन बिताएका युवाहरूलाई स्वदेश फर्काउने र ५० लाख युवालाई रोजगारीको व्यवस्था मिलाउने माग अघि सारेका छन् ।













0 प्रतिकृया