Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


राष्ट्रिय सभा सदस्य निर्वाचनकाे निर्वाचन कार्यक्रम स्वीकृत

एक्सन खबर
मंसिर, १७, २०८०


राष्ट्रिय सभा सदस्य निर्वाचनकाे निर्वाचन कार्यक्रम स्वीकृत

काठमाडाैं, १७ मंसिर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको जनाएकाे छ । यहि माघ ११ गते गर्ने राष्ट्रिय सभा निर्वाचन अनुसार पुष २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने आयोगले जनाएकाे छ ।

प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरु सोही दिनबाट प्रारम्भ भै पुष २२ गते सम्पन्न हुने र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली आयोगको वेबसाईट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने आयोगका सहायक प्रवक्ता एवम् उपसचिव सूर्य प्रसाद अर्यालले जनाएका छन् ।

पुष २३गते उम्मेदवारको मनोनयन दर्ता विहान १०:०० बजेदेखि अपरान्ह १५:०० बजेसम्म हुने तथा मनोनयन दर्ता पश्चात उम्मेदवारको विरोधमा उजूरी दिने कार्य पुष २४ गते हुनेछ । मनोनयन पत्र र उजूरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुष २६ गते प्रकाशन गरिने आयोगले जनाएकाे छ ।

उम्मेदवारले नाम फिर्ता लिने कार्य पुष २७ गते सम्पन्न भए पश्चात उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य सोही दिन १४:०० बजे सम्पन्न हुनेछ । उम्मेदवारलाई निर्वाचन चिन्ह पुष २८ गते १०:०० बजेदेखि १३:०० बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

मतदान कार्य माघ ११ गते बिहान ९:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ । मतदान कार्य सम्पन्न भएपछि सोही दिनै मतगणना कार्य हुने जनाइएकाे छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरुको उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने आयोगले जनाएकाे छ ।













0 प्रतिकृया