Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


मेडिकल काउन्सिलकाे अध्यक्षमा डा. भुसाल नियुक्त

एक्सन खबर
मंसिर, १८, २०८०


मेडिकल काउन्सिलकाे अध्यक्षमा डा. भुसाल नियुक्त

काठमाडाैं, १८ मंसिर । मन्त्रिपरिषद्ले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नाक कान घाँटी रोग विशेषज्ञ  डा. चोपलाल भुसाललाई नियुक्त गरेकाे छ । गत मंसिर १३ गते बसेकाे मन्त्रिपरिषद्ले डा. भुसाललाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेकाे हाे ।

यसअघिका काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको कार्यकाल सकिएपछि भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो । डा. भुसालले काउन्सिलको अध्यक्ष भएको पत्र प्राप्त गरेको बताउँदै मंगलबार पदबहाली गर्ने जानकारी दिए ।

डा. भुसाल नेपाल चिकित्सक संघकाे पूर्व अध्यक्ष, बंगलादेशकाे लागि नेपाली राजदूत तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालका श्रीमान हुन् ।













0 प्रतिकृया