Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


एमालेले मंसिर २८ गते तेह्रथुमको बसन्तपुरमा २५ हजार जनता उतार्ने

एक्सन खबर
मंसिर, १९, २०८०


एमालेले मंसिर २८ गते तेह्रथुमको बसन्तपुरमा २५ हजार जनता उतार्ने

सुनसरी, १९ मंसिर । मध्यपहाडी संकल्प यात्राको क्रममा नेकपा एमालेले तेह्रथुमको बसन्तपुरमा मंसिर २८ गते गर्ने बिशाल आमसभाका लागि तयारी तिब्र पारेको छ । बसन्तपुरमा एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्ष टीकाराम चेम्जोङ्गको संयोजकत्वमा मूल ब्यवस्थापन समिति गठन गरेको छ ।

समितिको सह संयोजक लक्ष्मण तिवारी छन् । २५ हजार बढि सहभागि गराइने आमसभालाई ब्यवस्थित र प्रभावकारी बनाउन टीकाराम चेम्जोङ्ग संयोजक र लक्ष्मण तिवारी सह संयोजक रहेको सचिवालय बनाइएको छ । बैठकले मोहन कुमार डाँगी संयोजक रहेको आर्थिक उपसमिति, बाबुराम थापा संयोजक रहेको स्वयँसेवक उपसमिति र शिब ढुँगाना संयोजक रहेको स्वास्थ्य उपसिमिति गठन गरेको छ ।

बसन्तपुरमा मंसिर २८ गते हुने बिशाल आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । आमसभामा कोशी प्रदेशको बिकास र सम्बृद्धिका लागि तयार पारिएको खाका पार्टी अध्यक्ष ओलीलाई बुझाउने कार्यक्रम छ । बैठकले कोशी प्रदेश नामाकरणका बारेमा सन्र्दभमा भएका सबै प्रक्रियाका बारेमा जनतालाई बुझाउन पर्चा बितरण गर्ने निर्णय गरेको छ ।

उपलब्ध केन्द्रिय सदस्यहरु, सुनसरी, तेह्थुम, धनकुटा, संखुवासभाका पार्टी जिल्ला अध्यक्षहरु, प्रदेश कमिटिका सदस्यहरु लगायत सहभागी बैठकले ५ सय जनाको स्वयँसेवक टोली निर्माण गरेको छ ।

आमसभाका क्रममा स्थानीय जातीय झाँकी सहित साँस्कृतिक कार्यक्रम गरिने एमाले कोशी प्रचार बिभाग प्रमुख लक्ष्मण तिवारीले बताए । एमालेले मध्यपहाडको विकास र समृद्धिका लागि मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा तेह्रौं दिन अर्थात मंसिर २६ गते कोशी प्रदेश प्रवेश गर्दैछ ।













0 प्रतिकृया