यातायात कार्यालय इटहरीका तत्कालीन प्रमुखसहित ५ जना कारागार चलान
एक्सन खबर
काठमाडाैं, २० मंसिर । यातायात व्यवस्था कार्यालय इटहरीका तत्कालीन प्रमुखसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि कारागार चलान भएका छन् । ५ जनालाई राजश्व हिनामिना गरी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएकाले पक्राउ गरी जेल चलान गरिएको हो ।
सोमबार प्रहरीले यातायात व्यवस्था कार्यालय इटहरीका तत्कालीन प्रमुख नयराज नेपाल, लेखा प्रमुख मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरेको थियो । उनीहरूलाई प्रहरीले जिल्ला अदालत मोरङमा बुझाएपछि अदालतमार्फत कारागार चलान भएका हुन् ।
विशेषले ०७९ चैत ८ गते गरेको फैसलाअनुसार भ्रष्टाचार मुद्दामा नयराजलाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ रुपैयाँ मणिराजलाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपैयाँ जरिवाना, कुमारबहादुरलाई ६ वर्ष कैद र एक करोड १ लाख ६५ हजार ८१२ रुपैयाँ जरिवाना तोकेको छ ।
यस्तैगरि, टीकारामलाई ९ वर्ष कैद, २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवना र देवराजलाई ८ वर्ष ६ महिना कैद र २२ करोठ ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवाना गरेको छ ।
अख्तियारले यातायात व्यवस्था कार्यालय इटहरीको आर्थिक वर्ष ०७१/७२ देखि ०७३/७४ को फागुन मसान्तसम्मको राजस्व रकमबारे अनुसन्धान गरेकोमा ६१ करोड २१ लाख २८ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना भएको दावी गर्दै विशेषमा मुद्दा दायर गरेकाे थियाे ।
0 प्रतिकृया