Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


दमक हस्पिटलमा नोवेलको न्यूराे सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
मंसिर, २०, २०८०


दमक हस्पिटलमा नोवेलको न्यूराे सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

झापा, २० मंसिर । विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले झापाकाे दमकमा एकदिने न्यूराे सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे छ । दमक हस्पिटल एण्ड रिसर्च सेन्टर, दमक नगरपालिकाको आयोजनामा मंसिर १५ गते दमक हस्पिटलको भवनमा न्यूरो सर्जरी सम्बन्धी एक दिने निःशुल्क स्वास्थ  शिविर गरेकाे हाे ।

न्यूरो सम्बन्धी विरामीहरुलाई लक्षित गरी स्थानिय स्तरमा नै नोवेलको विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण र उपचार सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएकाे थियाे । शिविरमा नोवेलका बरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्ले साथै सिनियर फिजियोथेरापीष्ट नरेन्द्र जोशीले विरामीको परीक्षण, उपचार र परामर्श सेवा प्रदान गरेकाे नाेबेलले जनाएकाे छ ।

न्यूराे सम्बन्धी शिविरमा ३९ जना पुरुष र ४२ जना महिला गरी ८१ जना विरामीको स्वास्थ्य परीक्षण गरिएकाे छ । साे क्रममा आवश्यक्ता अनुसार विरामीहरुलाई आधारभूत फिजियोथेरापी समेत सिकाईएको थियो ।
नोवेलले विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविरको नियमित रुपमा आयोजना गर्दै आएको छ ।

नाेबेल मेडिकल कलेजका सञ्चालक समेत रहेका माेरङ निर्वाचन क्षेत्र नं. ३ का सांसद डा. सुनिलकुमार शर्माले गरिब, असहाय, विपन्न नागरिककाे घरदैलाेमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले लामाे समयदेखि निःशुल्क स्वास्य शिविर चलाउँदै आएका छन् । डा. शर्माकाे पहलमा भइरहेकाे निःशुल्क स्वास्थ्य शिविरबाट अहिलेसम्म लाखाैं सर्वसाधारण जनता लाभान्वित भइसकेका छन् ।















0 प्रतिकृया