Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


एनसेल शेयर बिक्री प्रकरणः उच्चस्तरीय छानविन समिति गठन

एक्सन खबर
मंसिर, २१, २०८०


एनसेल शेयर बिक्री प्रकरणः उच्चस्तरीय छानविन समिति गठन

काठमाडौं । एनसेलको शेयर बिक्रीबारे अध्ययन गर्न सरकारले उच्चस्तरीय पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । एनसेलको ८० प्रतिशत हिस्सेदार कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर खरिद–बिक्रीको निर्णयबारे अध्ययन गर्न मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समिति गठन गरेको हो ।

बिहीबार विहान बसेकाे मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हाे । सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले शर्माकाे संयाेजकत्वमा गठित समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, हृदयेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले रहेकाे जानकारी दिइन् । समितिलाई एनसेल प्रकरणकाे छानविन गर्न ३० दिनको कार्यावधि दिइएको छ ।

एनसेलको २० प्रतिशत शेयर नेपाल कम्पनी सुनिभेरा क्यापिटलको स्वामित्वमा छ । उसको ८० प्रतिशत शेयर सेन्ट किट्समा दर्ता भएको कम्पनी रेनोल्ड होल्डिङ्सको नाममा छ । मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङ्सको सबै शेयर बेलायतमा हालै दर्ता भएको स्पेक्ट्रलाइन नामक कम्पनीलाई बेच्ने निर्णय गरेपछि ठूलै चलखेल भएकाे जिकीर गरिएकाे छ ।

यस्तै आजकै बैठकले खानेपानी तथा महशुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा यशोदा कार्की र कुलभूषण शर्मालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक उद्धार कार्यक्रम पहिलो चरणका लागि प्राप्त सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्तालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न अख्तियारी दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य सिंगापुरमा रहेका नेपाली मुलका व्यवसायी हुन् । प्रक्रिया पुरा नगरी एनसेल खरिद बिक्री गरेर चलखेल भएको भन्दै ब्यापक बिराेध भइरहेकाे छ ।













0 प्रतिकृया