Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


उच्च अदालत पाटनद्वारा एनसेलको सेयर बिक्री रोक्न अल्पकालीन आदेश

एक्सन खबर
मंसिर, २१, २०८०


उच्च अदालत पाटनद्वारा एनसेलको सेयर बिक्री रोक्न अल्पकालीन आदेश

काठमाडौं । एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे हो ।

यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई २५ मंसिर छलफलमा बोलाएको छ । एनसेल शेयर खरिद बिक्री विरूद्ध गाेकूल बहादुर राेकायाले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।













0 प्रतिकृया