Follow us:


Follow us

९ कार्तिक २०८३, आइतवार
९ कार्तिक २०८३, आइतवार


उच्च अदालत पाटनद्वारा एनसेलको सेयर बिक्री रोक्न अल्पकालीन आदेश

एक्सन खबर
मंसिर, २१, २०८०


उच्च अदालत पाटनद्वारा एनसेलको सेयर बिक्री रोक्न अल्पकालीन आदेश

काठमाडौं । एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे हो ।

यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई २५ मंसिर छलफलमा बोलाएको छ । एनसेल शेयर खरिद बिक्री विरूद्ध गाेकूल बहादुर राेकायाले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।













0 प्रतिकृया