Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


नेकमा भर्ना हुने विद्यार्थीलाई शैक्षिक सचेतना (फाेटाे फिचर सहित)

एक्सन खबर
मंसिर, २२, २०८०


नेकमा भर्ना हुने विद्यार्थीलाई शैक्षिक सचेतना (फाेटाे फिचर सहित)

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले स्नातक तहमा नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका विद्यार्थीहरुका लागि सचेतना कार्यक्रम आयोजना गरेको छ । शुक्रबार इन्जिनियरिङका विभिन्न विषयमा अध्यनार्थ भर्ना भएका विद्यार्थीहरुलाई कलेजको शैक्षिक, प्रशासनिक र करियरसँग लक्षित विषयमा सचेतना दिइएको हो ।

सचेतना कार्यक्रममा सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, आर्टिटेक्ट, सिभिल एण्ड रुरल, साइन्स एण्ड ह्युमानिटी विषय अध्ययनकालागि भर्ना भएका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीले इन्जिनियरिङ अध्ययनका लागि नेकलाई छनौट गरेकोमा धन्यवाद दिँदै विद्यार्थीहरुलाई स्नातक तहको चार वर्ष आफ्नो करियर प्रति सचेत भएर अध्ययन गर्न सल्लाह दिए । इन्जिनियरिङ गर्न विद्यार्थीमा लगनशीलता, धैर्यता र दृढ इच्छाशक्ति हुनुपर्ने बताउँदै उनले विद्यार्थीको सिकाईमा कलेजले कुनैपनि कम्प्रोमाइज नगर्ने बताए । ‘अब प्लस टू, माध्यामिक तहमा जस्तो शिक्षकले कान समाएर पढाउने हुँदैन, विद्यार्थी आफैं सचेत र करियर प्रति फोकस भएर अध्ययन गर्नुपर्छ ।’ हरेक विषयहरुमा फूलटाइम फ्याकल्टीहरु रहेकाले विद्यार्थीहरुले पढाईका सवालमा फ्याकल्टीहरुसँग जुनसुकै बेला अन्तरक्रिया गर्नसक्ने वातावरण रहेको जनाए ।

विद्यार्थीहरुको सिकाईकालागि कलेजले सैद्धान्तिक ज्ञानसँगै ब्यवहारिक र प्रयोगात्मक शिक्षक विधिलाई बढी फोकस गर्ने बताउँदै कार्यवाहक प्राचार्य भण्डारीले विद्यार्थीहरु र शिक्षकहरुको समन्वय र सहकार्य अपरिहार्य भएको जिकीर गरे । भर्खर माध्यामिक तह पार गरेर आएका विद्यार्थीहरुलाई सुरुमा नयाँ नयाँ विषयहरु आउँदा केही गाह्रो भएता पनि हतोत्साहित नभइकन धैर्यता र मेहनतले अध्ययन गर्न सुझाए । ‘शिक्षकहरुको चाहनाले मात्रै विद्यार्थीको भविष्य बन्दैन, विद्यार्थीले पनि आफ्नो करियर उज्ववल बनाउन लगनशील भएर पढ्नु पर्छ । सिक्ने र सिकाउने सवालमा कलेज तपाईहरुसँग हातेमालो गरेर अगाडी बढ्छ ।’ कार्यवाहक प्राचार्य भण्डारीले भने ।

सचेतना कक्षामा कलेजका विज्ञान तथा मानविकी संकायका एशोसिएट प्रोफेसर युवराज गैरेले भोलीको सफल इन्जिनियर बन्न आएका विद्यार्थीहरुलाई आफ्नो भविष्य प्रति जिम्मेवार भएर अध्ययन गर्न सल्लाह दिए । विद्यार्थीसँग कुनैपनि शैक्षिक विषयमा जुनसुकै बेला अन्तरक्रिया र छलफल गर्न फ्याकल्टीहरु तयार रहेको जनाउँदै विद्यार्थीहरुमा पनि सिक्ने र ज्ञान हासिल गर्छुभन्ने हुटहुटी हुनुपर्ने बताए ।

सो क्रममा कलेजका विभागीय प्रमुखहरुले आ–आफ्ना विषयगत विद्यार्थीहरुलाई पाठ्यक्रम, पढाउने शैली लगायतका बारेमा जानकारी दिएका थिए । पोखरा विश्वविद्यालयकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा रहेको नेकमा स्नातक, स्नातकोत्तर तहमा अध्ययन अध्यापन हुने गरेको छ ।

कलेजमा विद्यार्थीको सिकाईकालागि अत्यावश्यक ल्याब, सुविधा सम्पन्न पुस्तकालय र रिसर्च सामग्रीहरु रहेका छन् । भने, विद्यार्थीलाई अन्तराष्ट्रिय एक्सपोज दिने अभिप्रायले कलेजले युरोप, जापान जस्ता देशका प्रतिष्ठित विश्वविद्यालय र कलेजहरुसँग शैक्षिक सहकार्य गरिरहेको छ ।


















0 प्रतिकृया