Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


केएमसीको निःशुल्क स्वास्थ्य शिविर काठमाडौंको बेसीगाउँमा

एक्सन खबर
मंसिर, २३, २०८०


केएमसीको निःशुल्क स्वास्थ्य शिविर काठमाडौंको बेसीगाउँमा

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेज (केएमसी) ले काठमाडौंको बेसीगाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकोमा स्थानीय तथा बालबालिकाहरु लाभान्वित भएका छन् ।

केएमसीले काठमाडौं महानगरपालिका वडा नं. ८ स्थित मदन भण्डारी मोमोरियल स्कुलसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो । शिविरमा स्कुलमा अध्यनरत विद्यार्थीसँगै स्थानीय सर्वसाधारणको पनि स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ५६४ जनाको स्वास्थ्य जाँच गरिएको थियो ।

शिविरमा ६७ जनाको इसिजी, एक सय ११ जनाको ल्याब परीक्षण, ९७ जनाको भिडियो एक्सरे गरिएको तथा ३२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको केएमसीका जनरल मेनेजर दाहालले जनाए ।

शिविरमा केएमसीका नाक कान घाँटी, आँखा रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, स्त्री तथा प्रसुति, बाल रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो । संघीय सांसद डाक्टर सुनिलकुमार शर्माले ३ वर्षदेखि केएमसीका स्वास्थ्य सेवालाई गाउँगाउँमा पुर्याउन निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आइरहेका छन् । डा. शर्माको अभियानलाई केएमसीले निरन्तरता दिइरहने जनाएको छ ।














0 प्रतिकृया