नेशनल मेडिकल कलेजले पुष महिनाभर ओपिडीमा छुट दिने
एक्सन खबर
विरगञ्ज । नेशनल मेडिकल कलेजले एक महिनाभर ओपिडी कार्डमा ५० प्रतिशत छुट दिने भएको छ । मधेश प्रदेसकै सुविधासम्पन्न नेशनल मेडिकल कलेजले पुष महिनाभर अस्पतालमा स्वास्थ्य जाँचका लागि आउने बिरामीलाई ओपिडी कार्डमा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो ।
स्वास्थ्य उपचारमा सर्वसाधारणको पहुँच पुर्याउने अभिप्रायले कलेजले सबै विभागमा ओपिडी कार्डमा ५० प्रतिशत छुट दिइएको कलेजकी अस्पताल निर्देशक डा.इसरत जहाँले बताएकी छन् । अस्पताल निर्देशक डा.जहाँका अनुसार पुष महिनाभर उपचारार्थ आउने बिरामीहरुले जनरल मेडिसिन, बाल तथा नवजात शिशु रोग, स्त्री तथा प्रसुति, नसा तथा हाडजोर्नी, नाक कान घाँटी, मानसिक रोग, छाला तथा यौन रोग, आँखा रोग तथा दन्त रोग, जनरल सर्जरी लगायतमा ओपिडी कार्ड शुल्कमा ५० प्रतिशत कायम गरिएको हो ।
कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत ओपिडीमा छुट गरेको हो । ‘आम नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यले ओपिडी कार्डमा छुट गरिएको छ । पुष महिनाभर सबै स्वास्थ्य सेवाहरुमा स्वास्थ्य जाँच गराउँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउनु हुन्छ ।’ अस्पताल निर्देशक डा. जहाँले बताइन् ।
नेशनल मेडिकल कलेज मधेश प्रदेसकै उत्कृष्ट स्वास्थ्य संस्था भएकाले यहाँ बिरामीको घुँईचो लाग्ने गरेको छ । क्याथल्याबसहित एमआरआई, सिटि स्क्यान लगायत अत्याधुनिक उपकरण युक्त अस्पतालमा विशेषज्ञ डाक्टरहरुको समेत सुविधा रहेकाले मधेश प्रदेससँगै सिमावर्ती भारतका जनताहरु पनि उपचारका लागि आउने गरेका छन् ।
नेशनल मेडिकल कलेज ख्यातीप्राप्त सर्जन प्रा.डा. जैनुद्धिन अन्सारी तथा मेडिकल ब्यवसायी बसरुद्धिन अन्सारीको नेतृत्वमा सञ्चालित मेडिकल कलेज हो ।
0 प्रतिकृया