गरिबी निवारणमा सहकारीकाे भूमिका महत्वपूर्णः सांसद भगबती चाैधरी
एक्सन खबर
दुहवी । सहकारीमार्फत गरिब विपन्न समुदायका नागरिक आर्थिक सशक्तिकरणमा जोडिएको सांसद भगबती चौधरीले बताएकी छन् । सहकारीमार्फत गाउँघरमा छरिएर रहेका स–साना पुँजीहरु एकीकृत गरी लगानी गरे मुलुकको गरिबी निवारणमा समेत महत्वपूर्ण योगदान पुग्ने बताउँदै चौधरीले सहकारले देश विकासमा सहकारीहरुलाई समेत सँगै लिएर जानुपर्ने बताइन् ।
आइतबार सुनसरीको दुहवीमा रहेको फोरवार्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभामा प्रमुख अतिथीको आसनबाट बोल्दै पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीले सहकारीले गाउँगाउँमा महिला दिदिबहिनीहरुलाई बचत गर्न सिकाएको, पुँजी पुरयाएर उद्यमशिल र स्वरोजगार हुन सहयोग पुर्याएकोमा राज्यले कदर गर्नुपर्ने बताइन् । ‘सहकारीले महिलाहरुलाई उद्यमशिल बनाएको छ, स्वरोजगार बनाएको छ । बचत गर्नुपर्छ भन्ने सोचको विकास गराएको छ ।’ राज्यले उद्यमशिलता र स्वरोजगारका कार्यक्रम सहकारी मार्फत गाउँगाउँमा पुर्याए गरिबी निवारणमा पनि टेवा पुग्ने बताउँदै सांसद चौधरीले भनिन् ।
कार्यक्रममा बोल्दै विशेष अतिथि कोशी प्रदेश सांसद रोहित बहादुर कार्कीले फोरवार्ड सहकारीले गरिब, विपन्न समुदायको आर्थिक विकासमा टेवा पुर्याएको भन्दै फोरवार्ड सहकारीका परिकल्पनाकार संस्थापक अध्यक्ष स्वर्गीय दिनेश चौधरीको स्मरण गरे । महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउनु पर्छ भन्ने स्वर्गीय चौधरीको सोच दुरगामी रहेको बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहाल, बचत तथा ऋण संघ सुनसरी अध्यक्ष योगमाया सुबेदी लगायतको सहभागीता रहेको थियो ।
सहकारी संस्थाले दुहबी र आसपासका गाउँपालिकाका २१०० भन्दा बढि विपन्न परिवारका सदस्यलाई २२ वर्षदेखि वित्तीय सेवा प्रदान गरिरहेको संस्थाका अध्यक्ष द्रब्यराज चौधरीले जानकारी दिए । गरिबी निवारणका लागि गाउँगाउँमा छरिएर रहेका स–साना पुँजीलाई एकत्रित गरी राष्ट्र निर्माणमा लगायत सहकारी संस्थाहरु महत्वपूर्ण हुने उनको भनाई छ ।
फोरवार्ड सहकारीले युवा तथा महिलामा रहेको सिप र क्षमतालाई प्रस्फुटन गराउन र उनीहरुको जिवनस्तर उकास्न सहयोग पुर्याएको जिकीर गरे । उनले आगामी दिनमा सहकारीमार्फत् संस्थाका शेयर सदस्य तथा र उनीहरुका परिवारका लागि आर्थिक उपार्जनलाई टेवा पुग्ने प्रकारका कार्यक्रमहरु बनाउने योजना रहेको बताए ।
साधारण सभाले द्रब्यराज चौधरीको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा कमलसिं राजबंसी, सचिवमा लक्ष्मीकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा घिमियादेवी चौधरी सदस्यहरुमा हिरा थन्दार, चन्द्रकला विश्वास, बिनोद कुमार चौधरीलाई चयन गरेको छ । संस्थाको लेखा समिति संयोजकमा आसिचन्द चौधरी सर्वसम्मत भएका छन् ।
0 प्रतिकृया