Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


तेह्रथुमकाे म्याङ्लुङमा नाेबेलकाे निःशुल्क स्वास्थ्य शिविरमा बिरामीकाे घुँइचाे

एक्सन खबर
मंसिर, २५, २०८०


तेह्रथुमकाे म्याङ्लुङमा नाेबेलकाे निःशुल्क स्वास्थ्य शिविरमा बिरामीकाे घुँइचाे

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले तेह्रथुमकाे म्याङ्लुङमा आयाेजना गरेकाे निःशुल्क स्वास्थ्य शिविरमा बिरामीकाे घुँइचाे लागेकाे छ । म्याङलुङ नगरपालिका र तेह्रथुम जिल्ला अस्पतालको समन्वयमा आयाेजित दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउने बिरामीहरूकाे घुँइचाे लागेकाे हाे ।

मंसिर २२ र २३ गते म्याङलुङ नगरपालिका स्थित तेह्रथुम जिल्ला अस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १११७ जना बिरामीले स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिएका छन् । शिविरमा महिला, बालबालिका सँगै ज्येष्ठ नागरिकले स्वास्थ्य जाँच गराएका थिए ।
 
नोवेल शिक्षण अस्पतालका बरिष्ठ फोक्सो रोग विशेषज्ञ डा. रामहरी घिमिरे, बरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेश नेपाल, बरिष्ठ यूरोसर्जन डा. रामसागर शाह, डा. निरन्जन कुमार, प्याथोलोजिष्ट डा. मनिष दास लगायतका विभिन्न विभागका चिकित्सक सहितको स्वास्थ्य टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेको थियो ।

शिविरमा जनरल मेडिसिनमा ४०० जना, फोक्सो रोगमा १९८ जना, छाला रोगमा १६० जना, प्रसुती तथा स्त्री रोगमा १८३ जना, यूरोसर्जरीमा ५९ जना, दन्त रोगमा ५२ जना, मानसिक रोगमा ८० जना बिरामीको जाँच भएको नाेबेलले जनाएकाे छ । शिविरमा १४० जनाको इ. सि. जि., १३५ जनाको भिडियो एक्सरे र ३०० जनाको निःशुल्क प्रयोगशाला परीक्षण समेत गरिएको थियो ।

सामाजिक उत्तरदायित्व अन्तरगत नाेबेलले नियमित रूपमा स्वास्थ्य शिविरकाे आयाेजना गर्दै आइरहेकाे छ । नाेबेलका सञ्चालक समाजसेवी तथा हाल संघीय सांसद डा. सुनिलकुमार शर्माले नाेबेलकाे स्वास्थ्य सेवाहरू गाउँगाउँमा पुर्रयाउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरकाे थालनी गरेका थिए । सांसद शर्माकाे अभियानबाट देशभरका लाखाैं जनता लाभान्वित भइरहेकाेले निःशुल्क अभियानलाई निरन्तर जारी राख्ने नाेबेलले जनाएकाे छ ।


















0 प्रतिकृया