Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


कारवाहीमा परेका एमाले सुनसरीका नेता तथा कार्यकर्ता फुकुवा

एक्सन खबर
मंसिर, २५, २०८०


कारवाहीमा परेका एमाले सुनसरीका नेता तथा कार्यकर्ता फुकुवा

धरान । नेकपा एमाले धरानका नेता तथा कार्यकर्ताको कारवाही फुकुवा गरिएकाे छ । पार्टीको नीति र विधान विपरितका कार्य गरेकाे भन्दै कारबाहीको सिफारिसमा परेका १५ जना नेता कार्यकर्तालाइ सुनसरी जिल्ला कमिटीले फुकुवा गरेकाे हाे ।

आइतबार बसेकाे एमाले सुनसरी जिल्ला कमिटीकाे १० औं पुर्ण बैठकले १५ जना नेता तथा कार्यकर्ताको कारवाही फुकुवा गरेको हो । कारवाही फुकुवा भएकाहरूमा दिलकुमार गिरी, घनश्याम तिम्सीना, हरिहर प्यारा श्रेष्ठ, शिव भण्डारी, राजकुमार राई, हरिबहादुर तामाङ, विश्वराम कार्कि, खगेन्द्र मेन्याङबो, नारायण प्रसाद भट्टराई, श्रीहाङ लिम्बु, रामताराखुक राई, विनोद परियार, सिर्जना खवास, रत्न कट्वाल, प्रेमकुमार राई रहेका छन् ।

उनीहरुको कारवाही फुकुवा गर्न धरान उपमहानगर कमिटीले जेठ १० गते पत्र पठाएको थियो । सिफारिस गरिएका मध्ये प्रदेश कमिटीमा रहेका किशोर कुमार कार्की र मनोज कुमार मेन्याङ्बोको हकमा प्रदेश कमिटीले नै निर्णय गर्ने एमाले धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजङ एभेङले बताए । प्रदेश कमिटी सदस्य समेत रहेका मेन्याङ्बो संघीय निर्वाचनमा बागी उम्मेदवार बनेका थिए भने कार्कीले केही दिन अघि एमाले छाडेर राप्रपामा प्रवेश गरेका छन् ।

यसैगरी, परस्त्री सँग धरानको एक होटलबाट पक्राउ परेका जिल्ला कमिटी सदस्य तथा रामधुनी नगरपालिका वडा नम्बर ७ का (जनप्रतिनिधि) अध्यक्ष केशब गौतमलाई अर्को निर्णय नहुन्जेल सम्मका लागि पार्टीले निलम्बन गरेको छ ।

बैठकले ‘‘समृद्धिका लागि संकल्प यात्रा २०८०’’ कोशी प्रदेश प्रवेश गरीसके पछी मङ्सिर २८ गते तेह्रथुमको बसन्तपुरमा हुने जनसभामा सहभागीता जनाउने निर्णय गरेकाे छ । पार्टी स्थायी कमिटी सदस्य शेरधन राईको प्रमुख आतिथ्यता र पार्टी केन्द्रीय कमिटी सदस्य भगबती चाैधरी, जगदीश कुसियैत, इन्दु गौतम, लक्ष्मी गौतम, मन्जु भण्डारी सुवेदी, केन्द्रीय आयोग सदस्य पोस्ट नेपाल लगायतको उपस्थिती थियो ।













0 प्रतिकृया