Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


‘संकल्प यात्रा’मा सहभागी भएर फर्कँदै गर्दा सांसद भगबती चाैधरीकाे गाडीमा आक्रमण

एक्सन खबर
मंसिर, २७, २०८०


‘संकल्प यात्रा’मा सहभागी भएर फर्कँदै गर्दा सांसद भगबती चाैधरीकाे गाडीमा आक्रमण

काठमाडाैं । नेकपा (एमाले) काे संकल्प यात्रामा सहभागी हुँदै गृह जिल्ला फर्कने क्रममा संघीय सांसद भगबती चाैधरी सवार गाडीमा आक्रमण भएकाे छ । नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ भगबती चौधरी सवार स्करपियाे गाडीमा आक्रमण भएको हाे ।

उदयपुरको घुर्मीमा नेकपा एमालेले मंगलबार गरेकाे ‘संकल्प यात्रा’ कार्यक्रम पश्चात् पारिवारिक शोकका कारण अकस्मात् सुनसरी फर्कने क्रममा सांसद चाैधरी सवार गाडीमाथि उदयपुरको चौदन्डीगढीमा राति करिब ९ बजेर २३ मिनेट जाँदा अज्ञात व्यक्तिहरूले आक्रमण गरेका हुन् ।

आक्रमणमा नेतृ चढेको स्करपियोको ड्राइभर साइट तर्फको लुकिङ ग्लास र सिसा फुटेको छ । घटना घट्ने बित्तिकै स्थानीय तथा प्रहरीलाई सहयोग मागेपछि जनपद प्रहरी र सशष्त्र प्रहरीले स्कर्टिङ गरि चाैधरीलाई गृह जिल्ला पठाएको थियो । चाैधरीमाथि कसले किन आक्रमण गर्याे खुल्न सकेकाे छैन । प्रहरीले घटनाकाे अनुसन्धान भइरहेकाे जनाएकाे छ ।

नेकपा एमालेकाे अभियानबाट विचलित भएकाहरूबाट आक्रमण भएकाे हुन सक्ने नेतृ चाैधरीले बताएकी छन् । समृद्ध नेपाल सुखी नेपालीकाे अभियानमा निस्किएकाे एमाले यस्ता घटनाबाट विचलित नहुने बताउँदै चाैधरीले मुलुकमा सुशासनकाे प्रत्याभूति हुन नसकेकाे जिकीर गरिन् ।



नेकपा एमालेकाे मध्यपहाडी लाेकमार्ग अभियान अन्तरगत उदयपुरकाे घुर्मीकाे कार्यक्रमसँगै खाेटाङ, भाेजपुर संखुवासभा हुँदै तेह्रथुम सम्मकाे अभियानमा सहभागी हुन गएकी चाैधरीलाई साेहि दिन पारिवारिक शाेक समेत परेकाे थियाे । नेतृ चाैधरीका जेठाजू (मुकेश चाैधरी) काे ह्दयघातका कारण निधन भएकाे थियाे । दिवंगत चाैधरीकाे आज पशुपति आर्यघाटमा अन्त्येष्ठि गरिएकाे छ ।

काेशी प्रदेशमा पहिचान पक्षधरहरूले काेशी प्रदेस नामांकनमा असहमति जनाउँदै नेकपा एमालेका नेता, सांसद तथा कार्यकर्ताहरूमाथि आक्रमण गर्दै आइरहेका छन् । एमालेकाे संकल्प यात्रालाई अवराेध गर्न खाेजिएकाे थियाे । साे क्रममा मंगलबार मात्रै गाेपाल किराती सहित १२ जनालाई प्रहरीले पक्राउ गरेकाे थियाे ।













0 प्रतिकृया