Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


काभ्रेको रोशी गाउँपालिकामा केएमसीको स्वास्थ्य शिविर

एक्सन खबर
मंसिर, २७, २०८०


काभ्रेको रोशी गाउँपालिकामा केएमसीको स्वास्थ्य शिविर

काठमाडौं । ग्रामिण क्षेत्रमा सरकारले आधारभूत स्वास्थ्य सेवा पुर्याउन नसकिरहेको अवस्थामा काठमाडौं मेडिकल कलेजले भने गाउँका कुना कन्दरामा निःशुल्क स्वास्थ्य शिविर पुर्याउँदै स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । सांसद डाक्टर सुनिल कुमार शर्माको टीमले व्यवस्थापन सम्हालेसँगै काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविरमार्फत दुरदराजका जनतालाई सेवा दिइरहेको छ ।

यसैक्रममा, केएमसीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केएमसीले ग्रीस नेपाल र रोशी गाउँपालिकासँगको सहकार्यमा गाउँपालिका भवनमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका गरिब, विपन्न नागरिकले आफ्नो स्वास्थ्य जाँच गराए । शिविरमा ७७२ जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा आएका मध्ये १६२ जनाको भिडियो एक्सरे, १३७ जनाको ल्याब परीक्षण, ८३ जनाको इसिजी गरिएको छ ।

शिविरमा २८ जनाको दाँत खोलिएको तथा ३९ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको केएमसीका जनरल मेनेजर दाहालले जनाए । शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत गाउँपालिकाका सर्वसाधारणको सहभागीता रहेको थियो ।

सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले चलाउँदै आएको शिविरमा स्वास्थ्य जाँच गराउँदा गम्भिर प्रकारका रोगहरु देखिए ती रोगहरुको उपचार गर्न केएमसी आए विभिन्न सेवाहरुमा आवश्यक छुट पनि दिने गरिएको छ । विपन्न, गरिब नागरिकहरुलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने केएमसीको रणनीति रहेको कार्यकारी अध्यक्ष सोइना शर्माले बताएकी छन् ।















0 प्रतिकृया