Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी पाैष ५ गतेबाट

एक्सन खबर
मंसिर, २८, २०८०


चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी पाैष ५ गतेबाट

काठमाडाैं । चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी पौष ५, ६ र ७ गते भृकुटीमण्डपमा आयोजना हुन गइरहेको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. ले आयोजना गरेकाे प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् ।
 
नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ् सँग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाउमा  ल्याएर ब्यापार साझेदारी, नविनतम प्रविधी प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने उद्योग–व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी हो ।

उक्त प्रर्दशनीमा देशभरीबाट बढी भन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुशरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने बिश्वास लिइएको छ । उक्त प्रदर्शनी मार्फत पाँच बिधामा सञ्चालन भएका उद्याेग र व्यापार व्यवसायहरूलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उद्योगहरु बिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने बताइएकाे छ ।

यस प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ् मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने छ ।

‘सप्लायर्स र उत्पादकहरुको साझा मञ्च मात्र नभएर नेपाल फाईभ पीले समृद्द नेपालको रेखाङ्कनमा पनि उत्तिकै योगदान पुर्याउनका साथै संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्राउने छ’, नेपाल फाईभ पि एक्स्पोका आयोजकले दावि गरेका छन् ।













0 प्रतिकृया