Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


बालकृष्ण खाँडलाई ३० लाख धराैटीमा रिहा गर्न अदालतकाे आदेश

एक्सन खबर
मंसिर, २८, २०८०


बालकृष्ण खाँडलाई ३० लाख धराैटीमा रिहा गर्न अदालतकाे आदेश

काठमाडौं । कांग्रेस नेता बालकृष्ण खाँण खाँडलाई रिहा हुने भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका खाँडलाई बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले ३० लाख रुपैंया धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएका हुन् ।

गत मंसिर १५ गते उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासले खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा निर्णय दिन नसकेपनि बिहीबार तेश्राे न्यायाधिश काेइरालाले धराैटीमा रिहा गर्न आदेश दिएका हुन् ।
 
मंसिर १५ गते न्यायाधिश खरेलले खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने राय दिँदा अर्का न्यायाधीश पाण्डेले ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न राय दिएका थिए । न्यायाधीशबीच राय बाझिएपछि मुद्दा उच्च अदालतकै तेस्रो न्यायाधीशको इजलासमा पठाएकाेमा न्यायाधीश कोइरालाले पाण्डेको रायलाई समर्थन गरेपछि खाँण रिहा हुने भएका हुन् ।

उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण बिहीबार रिहा हुन सकेनन् । खाँणले ३० लाख रुपैयाँ बराबर नगद, जमानत वा बैंक ग्यारेन्टी काठमाडौं जिल्ला अदालतमा बुझाएर रिहा हुन सक्नेछन् ।

उच्च अदालतको आदेशको पत्र पाएपछि जिल्ला अदालत काठमाडौंले खाँणसँग धरौटी रकम वा बैंक ग्यारेन्टी लिएर रिहा गरेपनि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान विभागलाई बुझाउनुपर्नेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तमाथि सम्पत्ति शुद्धीकरण र अख्तियारले पनि अनुसन्धान गरिरहेकाले रिहा हुनुअघि कारागारले अभियुक्तलाई ती निकायमा बुझाउनु पर्ने भएकाे उनी बिहीबार रिहा हुन नसकेका हुन् ।













0 प्रतिकृया