Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


प्रेटाेल, डिजल र मट्टीतेलकाे मूल्य घट्याे, कहाँ कति ?

एक्सन खबर
मंसिर, २९, २०८०


प्रेटाेल, डिजल र मट्टीतेलकाे मूल्य घट्याे, कहाँ कति ?

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । इन्डियन आयल कर्पाेरेसनबाट प्रेटाेलियम पदार्थकाे मुल्य घटेर आएकाेले निगमले पेट्रोल तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हाे ।

निगमका अनुसार अब काठमाडाैं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्नेछ भने डिजलको मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने घटबढ गरेको छैन ।













0 प्रतिकृया