राजकुमार शाशंकरको ‘मदानी’ सार्वजनिक
एक्सन खबर
काठमाडाैं । गायक राजकुमार शाशंकरको ‘मदानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक राजकुमार शाशंकरलाई स्वरमा गायिका राधा गुरुङले दिएकी छन् ।
जीवन विश्वकर्माको शब्द रहेको उक्त गीतमा संगीत राजकुमारकै छ । गीतको भिडियोमा देवेन्द्र बब्लु र सनसाइन सञ्जुको अभिनय देख्न सकिन्छ । विशाल घिमिरेको निर्देशन रहेको उक्त गीतको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
योभन्दा अघि सार्वजनिक भएको गायक राजकुमार सशंकरको ‘ए रमा’ बोलको गीतले निकै चर्चा बटुलेको थियो।
हेर्नुहोस् उक्त गीतको भिडियो:
0 प्रतिकृया