जसपाले एनसेल प्रकरण छानबिनको लागि संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने
एक्सन खबर
काठमाडाैं । एनसेल खरिद बिक्री सम्बन्धमा निष्पक्ष र उच्चस्तरिय संसदीय समिति गठन गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई सुझाव दिने भएको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट निर्णय भएअनुसार जसपाले सरकारसमक्ष उक्त सुझाव दिने निर्णय गरेको हो । एनसेल खरिद बिक्री प्रकरण सम्बन्धमा राज्यलाई लाभकर र राजश्वसमेत हानी नोक्सानी हुने गरी सेयर बिक्री गर्ने प्रस्ताव, निर्णयलाई तत्काल रोकी कार्यान्वयन नगर्न माग गरेको छ ।
नेपाली जनताले उठाएको राष्ट्रिय महत्वको उक्त एनसेल प्रकरणमा पार्टी गम्भीर रहेको जनाइएकाे छ ।
0 प्रतिकृया