Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


नेशनल मेडिकल कलेजको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको घुँईचो

एक्सन खबर
पौष, १, २०८०


नेशनल मेडिकल कलेजको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको घुँईचो

बिरगञ्ज । नेशनल मेडिकल कलेजले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउने बिरामीहरुको घुँईचो लागेको छ । बाराको प्रसौनी गाउँपालिकामा आयोजित एक दिने बृहद् निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउनेको संख्या ९ सय बढी रहेको छ ।

शनिबार गाउँपालिकाको संयोजनमा भएको निःशुल्क स्वास्थ्य शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिकसँगै सो पालिकाका सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको नेशनल मेडिकल कलेजकी कार्यकारी अस्पताल निर्देशक डा. इशरत जहाँले जानकारी दिइन् । शिविरमा स्वास्थ्य जाँच गराउन आएकाहरूमा शरीर दुख्ने, ज्वराे आउने तथा आँखा र दाँत सम्बन्धी समस्याहरू देखिएकाे थियाे ।

शिविरमा जनरल मेडिसिन, स्त्री रोग, बाल रोग तथा आँखा रोग र दन्त रोग सम्बन्धी चिकित्सकहरुले सेवा दिएका थिए । प्रसौनी ४ स्थित रिलायन्स एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकाे थियाे ।

कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्यको पहुँचबाट टाढा रहेका सर्वसाधारणलाई घरदैलोमै सेवा प्रदान गर्न निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । मधेश प्रदेसकै एक मात्र सुविधा सम्पन्न कलेजले सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।





















0 प्रतिकृया