Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


पल शाहलाई सफाइ दिने उच्च अदालतको फैसला सर्वाेच्चले दोहोर्‍याएर हेर्ने

एक्सन खबर
पौष, १, २०८०


पल शाहलाई सफाइ दिने उच्च अदालतको फैसला सर्वाेच्चले दोहोर्‍याएर हेर्ने

काठमाडाैं । सर्वोच्च अदालतले कलाकार पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसला दोहोर्‍याएर हेर्ने भएको छ । नाबालिका गायिकालाई बलात्कार गरेको अभियोग लागेर एक वर्ष जेलमा बसेर सफाई पाएर बाहिर निस्केका शाहकाे फैसला सर्वाेच्चले दाेहाेर्याएर हेर्ने भएकाे हाे ।

जिल्ला अदालत, नवलपुरले गरेको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, पोखराले शाहलाई सबै अभियोगबाट सफाइ दिएको थियो । नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएकोमा शाहले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालतले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गर्द अभियोगबाट सफाइ दिएको थियो ।

अभिनेता शाहलाई सफाइ दिने उच्चको फैसला त्रुटि रहेको भन्दै सरकारी वकिल कार्यालयले मुद्दामा निस्सा मागेका थिए । सर्वाेच्चका न्यायाधिशद्वय सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले यही मंसिर २२ गते पहिलेको फैसला दोहोर्‍याएर हेर्ने आदेश दिएको छ ।













0 प्रतिकृया