Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


माल्टा र ग्रिस पठाईदिन्छु भन्दै लाखाैं ठगी गर्ने २ जना पक्राउ

एक्सन खबर
पौष, १, २०८०


माल्टा र ग्रिस पठाईदिन्छु भन्दै लाखाैं ठगी गर्ने २ जना पक्राउ

काठमाडाैं । वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । रामेछाप तामाकोशी लिखु गाउँपालिका वडा नं. २ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. २६ मैपी बस्ने २६ वर्षीय पोसाक सुनुवार पक्राउ परेका हुन् ।

उनले टेक बहादुर गुरुङलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भन्दै ३ लाख ३० हजार लिएर ठगी गरेकाेले पक्राउ गरिएकाे काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

पक्राउ परेका सुनुवारले गुरुङलाई माल्टा जान नाै लाख ५० हजार रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक एक लाख तलब हुने गरी काममा लगाइदिने विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी तीन लाख तीस हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मंसिर ३० गते मैपीबाट पक्राउ गरेकाे जनाइएकाे छ ।

यसैगरी, वैदेशिक रोजगारीको लागि ग्रीस पठाईदिन्छु भन्दै ठगी गर्ने एकजना पनि प्रहरीले पक्राउ गरेकाे छ । गोरखा पालुङटार नगरपालिका वडा नं. ९ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. ४ बागडोल बस्ने ५० वर्षीय हाेम बहादुर तामाङलाई पक्राउ गरिएकाे हाे ।

उनले लक्ष्मण सापकोटा समेत २ जनालाई वैदेशिक रोजगारीको लागि ग्रीस पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति दश लाख पचास हजार लाग्छ, ग्रीस पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिन्छु, मासिक एक लाख  पन्ध्र हजार तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी तेह्र लाख चौरासी हजार रूपैंया रकम ठगी गरेकोले बिहीबार पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले पक्राउ परेका सुनुवार र तामाङलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएकाे छ ।













0 प्रतिकृया