Follow us:


Follow us

७ माघ २०८१, सोमवार
७ माघ २०८१, सोमवार


लुम्बिनीमा विश्वशान्ति धाम निर्माण पुन: सुरु

एक्सन खबर
मंसिर, ३०, २०८०




लुम्बिनीमा विश्वशान्ति धाम निर्माण पुन: सुरु

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य पुन: सुरुवात भएको छ । शनिवार एक समारोहबीच धाम निर्माणको पुन: सुरुवात गरिएको हो ।

विश्व शान्ति धाम निर्माणमा सक्रिय महागुरु श्याल्पा तेन्जिग रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, अमेरिकन दुतावासका प्रवक्ता जेहरा नाक्वीले ढुंगा बिच्छाएर पुन: सुरुवात गरेका थिए । त्यसपछि उपस्थित सबैजना पालैपालो श्रमदानमा सहभागी भएका थिए ।  

समारोहमा गुरु रिन्पोछेले कोभिड अघि निर्माण सुरु गरेको भएता पनि रोकिएको काम पुन सुरुवात गरिएको बताए । नेपाल भौतिक रुपमा कम्जोर भएपनि संसारको सबैभन्दा धनी हुने श्रोत रहेको भन्दै त्यसलाई उपयोग गर्नुपर्ने धारणा राखे । करोडौं विदेशीहरु बुद्ध धर्मको लागि लालयीत भएको भन्दै उनले यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष डा. ल्यारक्याल लामाले निर्माण हुन लागेको विश्व शान्ति धामले लुम्बिनीलाई अन्तराष्ट्रियकरण गर्न ठूलो सघाउ पुर्याउने उल्लेख गरे । यो आयोजना लुम्बिनीको लागि मात्र नभई संसारकै लागि शान्तिको प्रतिक बन्ने उनको भनाइ छ । लामाले यस्ता आयोजना सम्पन्न गर्न सजिलो नभएको भन्दै बुद्धधर्मप्रति आस्था राख्नेहरुको सहयोगबाट यो निर्माण हुने बताए ।

नेपालको लागि अमेरिकन राजदुतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकहरुलाई लुम्बिनीको ऐतिहासिकता र बुद्ध धर्मको महत्वबारे बुझ्न सघाउ पुर्याएको उल्लेख गरिन् । विभिन्न विश्वास र धर्मका मानिसबीच करुणा र मेलमिलाप ल्याउन बुद्धका दर्शन र उपदेशको महत्व रहेको उनको भनाइ छ ।

कार्यक्रममा पाटाका अध्यक्ष सुनिल शाक्य, गुरु रिन्पोचेका अनुयायी तथा अन्तराष्ट्रिय अभियान्ता माइकल संङ्ग र जेम्स स्टरलिंक लगायतले बोल्दै विश्व शान्तिधाम निर्माणले बुद्ध धर्म र दर्शनको महत्व अझ बढ्ने उल्लेख गरे । ३४ सय बर्गमिटर क्षेत्रफलमा र ४४ मिटर उचाइको विश्व शान्तिधाम तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।













0 प्रतिकृया