अत्तरखेलमा बस दुर्घटना हुँदा २२ जना घाइते
एक्सन खबर
काठमाडौं । काठमाडाैंकाे अत्तरखेलमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । साेमबार बिहान गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेलमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।
तिब्र गतीमा अत्तरखेलबाट चावहिल गौशाला तर्फ गइरहेको बा ३ ख १२३६ नम्बरको बस अनियन्त्रित भई सडकबाट किराना पसलमा ठोकिँदा २२ जना घाइते भएका छन् ।
घाइते मध्ये एक जना गर्भवती लगायत विद्यार्थीहरु रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा घाइते भएकाहरुलाई नेपाल मेडिकल कलेजमा उपचार भइरहेकाे छ ।
0 प्रतिकृया