सर्वाेच्चकाे न्यायाधिशमा सिफारिस छ जनाकाे नाम अनुमाेदन
एक्सन खबर
काठमाडाैं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेकाे छ । समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएका छ जनाकै नाम अनुमोदन गरेको हो ।
गत मंसिर ५ गते न्यायपरिषदले सिफारिस गरेका सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान, बालकृष्ण ढकाल र सुनिल पोखरेललाई संसदीय सुनुवाइ समितिले अनुमाेदन गरेकाे हाे ।
गत मंसिर ५ गते न्यायपरिषदले सर्वोच्च अदालतका छ जना न्यायाधीश सिफारिस गरेपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो । गत शुक्रबारदेखि समितिमा सुनुवाइमा रहेका उनीहरूकाे नाम अनुमाेदन भएकाे समिति सदस्य नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले बताए ।
सर्वोच्च अदालतमा सात जना न्यायाधीशको पद रिक्त भएकोमा छ जनाको नाम मात्र सिफारिस भएको थियो । उनीहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्नेछन् ।
0 प्रतिकृया