Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


कृपेशको कलेजो प्रत्यारोपणका लागि नेकमा रक्तदान

एक्सन खबर
पौष, ५, २०८०


कृपेशको कलेजो प्रत्यारोपणका लागि नेकमा रक्तदान

काठमाडौं । चाँगुनारायण नगरपालिका वडा नं. २ का एक युवाको कलेजो प्रत्यारोपणका लागि रगतको मात्रा पुर्याउन नेपाल इन्जिनियरिङ कलेज (नेक)मा रक्तदान गरिएको छ । बिहीबार कलेजको सभाहलमा आयोजित रक्तदान कार्यक्रममा कलेजका विद्यार्थी संगठन, शिक्षक संगठन, कर्मचारी प्रशासन लगायत दुवाकोटबासीले रक्तदान गरे ।

रक्तदान वडा नम्बर २ का युवा कृपेश ख्याजुको कलेजो प्रत्यारोपणका लागि गरिएको थियो । उनको शहीद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपणमा कलेजो प्रत्यारोपण गर्न ८० पिन्ट ‘बी’ पोजेटिभ रगत आवश्यक भएकाले कलेजमा रहेका सबै विद्यार्थी संगठनहरु, प्राध्यापकहरुको संगठन, कर्मचारी संगठन, नेक आइटी क्लब, कार्ड, रोवोटिक्स क्लब लगायतको सहभागीतामा बृहत रक्तदान गरिएको हो ।  

नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाको संयोजनमा भएको रक्तदान कार्यक्रममा ११६ पिन्ट रगत संकलन भएको नेपाल इन्जिनियरिङ कलेज सञ्चालन समितिका सदस्य सोम प्रधानले जानकारी दिए । ‘चाँगुनारायण नगरपालिका वडा नम्बर २ निबासी युवा कृपेश ख्याजुको कलेजको प्रत्यारोपण गर्न ८० पिन्ट ‘बी’ पोजेटिभ रगत आवश्यक संकलन गर्न रक्तदान गरेका हौं ।’ नेक सञ्चालक सदस्य प्रधानले भने ।















0 प्रतिकृया