Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


त्रिविले ल्यायाे एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्ष

एक्सन खबर
पौष, ६, २०८०


त्रिविले ल्यायाे एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्ष

काठमाडाैं । मुलुककै जेठाे र ठूलाे शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्ष सञ्चालनमा ल्याएको छ । त्रिविले शुक्रबारदेखि आवेदन फाराम समेत खुला गरेको छ ।

त्रिविले शिक्षाशास्त्र संकायमा एक वर्षे बीएड कार्यक्रमको विकल्पमा सञ्चालन हुने सेमेस्टर प्रणालीमा आधारित तीन सेमेस्टरको अधिस्नातक तह कार्यक्रम ल्याएकाे हाे ।

‘शिक्षाशास्त्र संकायमा  एक वर्षे बीएड कार्यक्रमको विकल्पमा सञ्चालन हुने सेमेस्टर प्रणालीमा आधारित तीन सेमेस्टरको अधिस्नातक तह कार्यक्रमको शैक्षिक सत्र २०८०–०८१ का लागि प्रथम सेमेस्टरमा भर्नाका लागि नयाँ कक्षा कार्यक्रम सञ्चालन गरिएको सबैलाई सूचित गरिन्छ’, त्रिविको शिक्षाशास्त्र संकायले जारी गरेको सूचनामा उल्लेख गरिएकाे छ ।

आवेदन फाराम बुझाउने मिति माघ ११ सम्म तोकिएको छ भने प्रवेश परीक्षा माघ १४ गते, नतिजा प्रकाशन माघ १७ गते र विद्यार्थी भर्ना माघ १७ देखि २० सम्म रहेकाे छ । माघ २१ देखि कक्षा सञ्चालन गरिने सूचनामा उल्लेख छ ।













0 प्रतिकृया