Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


हमास आक्रमणमा मारिएका १० जना नेपालीका परिवारलाई १० लाख निकासा

एक्सन खबर
पौष, ६, २०८०


हमास आक्रमणमा मारिएका १० जना नेपालीका परिवारलाई १० लाख निकासा

काठमाडाैं । हमासको आक्रमणमा मारिएका १० जना नेपालीका परिवारलाई सरकारले जनही १० लाख रुपैयाँका दरले राहत निकासा गरेको छ । इजरायलमा गत असोज २० गते भएको हमासको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि इजरायल गएका १७ विद्यार्थी मध्ये १० जना परेका थिए ।

मन्त्रिपरिषद्को असोज २२ गते बसेको बैठकको निर्णयअनुसार अर्थ मन्त्रालयले मारिएका १० नेपालीका परिवारलाई जनही १० लाख रुपैयाँका दरले एक करोड रुपैयाँ निकासा गरेको हो । मृतकका परिवारका लागि उपलब्ध गराइएको रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले उपलब्ध गराउने छन् ।

हमासले इजरायलको दक्षिण किबुज अुलिमममा आक्रमण गर्दा सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका थिए । किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेहरूमा कैलाली, घोडाघोडी–४ का नारायण प्रसाद न्यौपाने, बझाङ, जयपृथ्वी–६ का गणेश कुमार नेपाली, कैलाली, बौनिया–३का आशिष चौधरी, दार्चुला, लेकम–५ का दिपेश राज विष्ट, धनुषा, सपही–६ का आनन्द साह, सुनसरी, मधुवन–१का राजेश कुमार स्वर्णकार, डोटी, पचनली–३ का राजन फुलारा, डोटी, लामिखाल–८ का पदम थापा,  सल्यान, शारदा–३ का प्रवेश भण्डारी, दार्चुला, मालिकार्जुन–४ का लोकेन्द्र सिं धामी थिए ।













0 प्रतिकृया