Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


मध्य पहाडलाई सम्मृद्धिको केन्द्र बनाउने एमालेकाे घोषणा (पूर्ण पाठसहित)

एक्सन खबर
पौष, ८, २०८०


मध्य पहाडलाई सम्मृद्धिको केन्द्र बनाउने एमालेकाे घोषणा (पूर्ण पाठसहित)

काठमाडौं । नेकपा (एमाले)ले मध्य पहाडमा सबभन्दा ठुलो समस्या बसाइसराई रहेको निष्कर्ष निकाल्दै मध्य पहाडलाई सम्मृद्धिको केन्द्र बनाउने घोषणा गरेको छ । गत मङ्सिर १४ देखि पुस १ सम्म सञ्चालित मध्यपहाडी राजमार्गको यात्राकाे निष्कर्ष सार्वजनिक गर्दै एमालेले मध्य पहाडलाई समृद्धिकाे केन्द्र बनाउने घाेषणा गरेकाे हाे ।

एमालेले मध्यपहाडी क्षेत्रको विकास निर्माणका लागि सातवटा निष्कर्षसहित सङ्कल्प गरेको छ । आइतबार संकल्प यात्राबारे पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मध्य पहाडमा ४२ वटा ठुला सभा र सयभन्दा बढी संक्षिप्त सभा गर्दा स्थानीयका समस्या र समाधान खोज्ने थालनी भएकाे समेत जिकीर गरेकाे छ ।  यात्राका क्रममा एमालेले मध्य पहाडको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक र भाैगाेलिक समस्यासँग नेता कार्यकर्ताहरू साक्षात्कार हुन पाएकाे बताएकाे छ ।

सुदुरपश्चिम प्रदेशकाे बैतडीको झुलाघाटबाट सुरु भएर काेशी प्रदेशकाे पाँचथरकाे चिवाभञ्ज्याङ पुगेर समापन भएको यात्रामा एमालेले गोठाला पानी, अमरगढी, सिलगढी, साँफेबगर, मङ्गलसेन, राकम–कर्णाली, दैलेख बजार, सुर्खेत, सल्ली बजार, सिम्ता, छेडागाड, रिम्ना, रुकुमकोट, लुकुम, बुर्तिबाङ, वामीटक्सार, गलकोट, बागलुङ, कुस्मा, हेम्जामा ठूला सभा गरेकाे थियाे । साथै, अमरसिंह चोक, तालचोक, सुन्दरबजार, पालुङटार, आरुघाट, बट्टार, छहरे, बाहुनेपाटी, कुन्ताबेसी, खाडिचौर, चरिकोट, मन्थली, खुर्कोट, हर्कपुर, दिक्तेल, पङ्खु, अन्नपूर्ण, भोजपुर, वसन्तपुर, सक्रान्तिबजार, फिदिम, च्याङ्थापु लगायतका स्थानमा ठुला सभा गरेकाे तथा एक सय भन्दा बढी संक्षिप्त सभा, जनभेला र भेटघाटहरू गरिएकाे जनाइएकाे छ ।

यात्राका क्रममा मध्य पहाडमा सबभन्दा ठुलो समस्या बसाइसराई रहेको निष्कर्ष निकालेको एमालेले ती क्षेत्रको विकास निर्माणका लागि सातवटा निष्कर्षसहित सङ्कल्प गरेको छ । एमालेले नेपाली जनता लोकतान्त्रिक गणतन्त्र र समाजवादका पक्षमा रहेको निष्कर्ष निकाल्दै सामाजिक न्याय, राष्ट्रिय एकता र सामाजिक सद्भावका पक्षमा रहेको जनाएको छ ।

परिवर्तनलाई उल्ट्याउन, नेपाललाई मध्ययुगतिर फर्काउन र जनताको अभिमत बिनाको जन्मसिद्ध श्रेष्ठताको सामन्ती व्यवस्था पुनर्स्थापना गर्ने प्रयासलाई कुनै पनि हालतमा सफल हुन नदिने सङ्कल्प एमालेकाे छ ।विचारमा बहुलता स्विकार्ने तर भिन्न मत भएका दल वा समूहको उपस्थितिलाई समेत प्रतिबन्ध लगाउँछौँ भन्ने खालका ‘तानाशाही’ सोच र व्यवहारलाई अस्वीकार गर्ने एमालेले जनाएको छ ।

पत्रकार सम्मेलनमा बाेल्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको विद्युत् कसैले किन्छ कि किन्दैन, नेपालको कृषि उत्पादन कसैले लिन्छ कि लिँदैन भन्ने भन्दा पनि अहिले उत्पादन कसरी गर्ने र लगानीमैत्री वातावरण कसरी बनाउने भन्ने विषय प्रमुख विषय रहेको ओलीले बताए । ‘दुईचार जना सत्ता पक्षका लगानी कर्ता बाहेककाको त भागाभागको अवस्था छ त’, ओलीले भने ।

नेपालले अहिले बजार खोज्ने बेला भई नसकेको भन्दै उनले यतिबेला औद्योगिकीकरण र त्यसको लागि वातावरण बनाउने तर्फ नै सोच्नु पर्ने जिकीर गरे । नेपालका छिमेकीले बिना आग्रह नेपालको विकासमा सहयोग गर्नुपर्ने बताउँलै ओलीले बिरालो कालो भए पनि, सेतो भए पनि मुसा मार्नु पर्ने बताए । नेपालको प्राथमिकता र आवश्यकतालाई प्राथमिकतामा राखेर जसले सस्तो र बढी सहयोग र लोन दिन्छ ऊसँग लिनु पर्नेमा ओलीकाे जोड छ ।


हेर्नुहाेस् पूर्णपाठ













0 प्रतिकृया