Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


काँचुली फेर्दै इनरुवा अस्पताल, सेवा दिन गाउँ गाउँ पुग्दै मेसु पंगेनी

एक्सन खबर
पौष, ९, २०८०


काँचुली फेर्दै इनरुवा अस्पताल, सेवा दिन गाउँ गाउँ पुग्दै मेसु पंगेनी

इकबाल अहमद

इनरुवा । सुनसरीको दर्जन बढी स्थानीय निकायका सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापित इनरूवा अस्पतालले पछिल्लो समय आफ्नो स्वास्थ्य सेवालाई थप बिस्तार गर्दै सेवा प्रवाह गरिरहेकाे छ । यसक्रममा अस्पतालले जनताका घरदैलाेमै स्वास्थ्यकर्मी पुर्याउँदै सेवा दिन थालेकाे हाे ।

अस्पतालकी मेसु डाक्टर श्रेया पंगेनीका अनुसार इनरुवा र आसपासका क्षेत्रहरुमा महिलाका स्वास्थ्यमा देखिएका समस्याहरु समाधानका लागि  अस्पतालबाट स्वास्थ्यकर्मीहरू गाउँ गाउँमा पुगेर सेवा दिन थालेका छन् ।

इनरुवा अस्पतालको सेवा बिस्तारमा निरन्तर लागिरहेकी मेसु पंगेनीले विगतकाे भन्दा स्वास्थ्य सेवा थप गरिएको जानकारी दिइन् । उनले अस्पतालको सेवा अन्तर्गत पर्ने क्षेत्रहरुमा गाउँगाउँ पुगि स्वास्थ्यकर्मीहरूले जनतालाई सेवादिने कार्य थालनी भएको बताइन् । ‘इनरूवा अस्पतालका सेवा ग्रामिण क्षेत्रमा रहेका जनताले घरदैलाे मै पाउन भन्ने उद्देश्यले हाम्रा स्वास्थ्यकर्मीहरू घरघर गइरहनु भएकाे छ । सुनसरीको ग्रामिण क्षेत्रमा महिलाहरुमा देखिएका समस्याहरु समाधानका निम्ति अहिले फरक कार्यक्रम लिएर जानु भएकाे छ ।’ मेरू पंगेनीले भनिन् ।

एकदिन अघिमात्र सुनसरीको कोशी गाउँपालिका अनतर्गतको कुमयाहिमा महिलाहरूलाई लक्षीत गर्दै स्त्री तथा प्रसुति स्वास्थ्य सेवा दिइएकाे थियाे  । अस्पतालले यो कार्यक्रम शहरी तथा ग्रामिण क्षेत्रमा निरन्तर सञ्चालन गर्ने याेजना बनाएकाे छ ।

इनरुवा अस्पतालको उक्त कार्यक्रमले कोशी गाउँपालिका क्षेत्रमा स्वास्थ्य सचेतना फैल्याउन महत्वपुर्ण भूमिका निर्वाह गरेको तथा आफ्नो गाउँपालिका क्षेत्रमा महिलाहरुको समस्या समाधानका लागि भुमिका निर्वाह गरेको प्रति कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले इनरुवा अस्पताल र मेसु पगेनीलाइ धन्यबाद दिए ।

यता मेसु पंगेनीले जिल्लाका हरेक क्षेत्रमा इनरूवा अस्पताल स्वास्थ्य सेवा प्रवाह गर्न सक्षम रहेको बताउँदै स्थानीय पालिकाहरूमा आवस्यक्ताका अनुसार कार्यक्रम बनाएर लैजाने बताइन् । अहिले इनरुवा अस्पतालले दिइरहेकाे स्वास्थ्य सेवा र पछिल्लाे समय थप गरिएकाे स्वास्थ्य सेवाबाट सेवाग्राही सन्तुष्ट रहेको समेत जिकीर गरिन् ।

विगतमा नभएका स्वास्थ्य सेवाहरु आफु आए पश्चात ब्यवस्थापन गर्दै सेवाग्राहीहरूलाई इनरुवाबाट बाहिर गई स्वास्थ्य सेवा लिनुपर्ने बाध्यताबाट केही हदसम्म मुक्त गराएको मेसु पंगेनीकाे दावी छ । बिगतमा सञ्चालन गर्न नसकिएकाे सेवाहरु युरीन कल्चर र पस कल्चर सँगै दन्त सेवा थप गरिएकाे, भिडिओ एक्सरे सेवामा समेत थप समयावधि थपगरि सेवा सेवादिने कार्य प्रारम्भ भएको छ ।

मेसू पंगेनीले स्वास्थ्य बिमाको औषधि वितरण ब्यवस्थापन समेत एकसाता भित्र गरिने बताउँदै विगतको तुलनामा अस्पतालको सेवाले द्रुतगतिमा फड्काे मारेकै कारण सरकारको न्यूनतम सेवा मापदण्डको सूचिमा इनरुवा अस्पताल ७९ प्रतिसत अङ्क ल्याउन सफल भएको बताइन् । गतवर्ष इनरूवा अस्पताल सरकारको मापदण्डमा ७० प्रतिशतमात्र अङ्क ल्याएको थियो ।

सेवा विस्तारको क्रममा चाँडै बाल रोग विशेषज्ञ सेवा समेत अस्पतालबाट उपलब्ध गराइने मेसु पगेनीले जानकारी दिइन् । स्वास्थ्य सेवा सुधार्न आफुले चालेका कार्यमा सबै सरोकारवालाहरुलाई साथ सहयोग र सुझावका लागि अनुरोध गर्दै मेसू चाैधरीले अस्पताललाई बदनाम गराउन सक्रिय रहेको गिरोहकाे पछि नलाग्न समेत आग्रह गरेकि छन् ।  














0 प्रतिकृया