Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


प्रधानमन्त्री प्रचण्डले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने

एक्सन खबर
पौष, १०, २०८०


प्रधानमन्त्री प्रचण्डले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडाैं । सरकारको एक वर्षे उपलब्धिसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्षे उपलब्धिसहित साँझ पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

सरकार गठनकाे एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

तेस्रोपटक प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो कार्यकाल पहिलाे पटक एक वर्ष पूरा गरेकोले विशेष संवाेधन गर्न लागेका हुन् । संवाेधनमा एक वर्षकाे अवधिमा सरकारले हासिल गरेका उपलब्धीहरू बारे जानकारी दिने तथा आगामी कार्ययाेजना बारे जानकारी दिइनेछ ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका ‘प्रचण्ड’लाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलले समर्थन गरेका थिए । एमाले सरकारबाट बाहिरिएपछि कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायत दलहरू सरकारमा सहभागी भएका थिए ।













0 प्रतिकृया