विधान संशोधन र महाधिवेशनकाे एजेन्डा सहित एकीकृत समाजवादीको केन्द्रीय बैठक आजदेखि
एक्सन खबर
काठमाडौं । विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेन्डा नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजेदेखि सुरु हुने बैठक तीनसम्मका लागि तय गरिएको छ ।
बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेन्डा रहेको जनाइएकाे छ । यसअघि सचिवालय बैठकमा नेताहरू ७० वर्षे हद हटाउने गरी विधान संशोध गर्न सहमति भएका थिए ।
एकीकृत समाजवादीले विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडाैंमा राष्ट्रिय सम्मेलन गर्न लागेकोले केन्द्रीय कमिटीमा यो विषयमा छलफल हुने एजेन्डा छ । देशभर पार्टी सङ्गठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे पनि बैठकमा छलफल गरिने महासचिव घनश्याम भूसालले बताए । बैठकबाट प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी पनि तोकिनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवार छनोटबारे पनि छलफल हुने समाजवादीले जनाएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गतेका लागि तोकिएको छ ।
0 प्रतिकृया