Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


तहगत अधिकारबारे छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटाैंडामा

एक्सन खबर
पौष, १२, २०८०


तहगत अधिकारबारे छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटाैंडामा

काठमाडौं। संघीय सरकार प्रदेशहरूलाई बलियाे बनाउन अधिकार बाँडफाँडमा अनुदार देखिएपछि संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका छन् ।

आज सातै प्रदेशका मुख्यमन्त्रीहरू संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा समस्या देखिएको समयमा छलफल र संविधान कार्यान्वयनका लागि आवश्यक सुझाव दिने उद्देश्यसहित बागमती प्रदेशकाे राजधानी हेटौँडामा भेला हुने भएका हुन् ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी आयोजना गरिएको जनाएको छ । उक्त संगोष्ठीमा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानुन निर्माण प्रक्रिया, बित्त/आर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुतिसँगै छलफल हुनेछ ।

भोलीसम्म हुने कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघका पदाधिकारीहरूको सहभागिता रहने छ । मुख्यमन्त्री कार्यालयका अनुसार छलफलपछि शुक्रवार साझा प्रतिवेदनसमेत अनुमोदन गर्ने कार्यक्रम रहेको छ ।

संघीय सरकारले संविधानमा उल्लेख अधिकारहरू प्रत्यायाेजन नगर्दा प्रदेश र स्थानीय तहले साेचे अनुरूप काम गर्न नसकेकाे गुनासाे छ ।













0 प्रतिकृया