मन्त्रिहरूकाे कामकाे समिक्षा गर्न कांग्रेस केन्द्रीय समितिकाे बैठक बस्दै
एक्सन खबर
काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा सरकारमा सहभागी मन्त्रीले गरेका काममाथि समिक्षा, राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाईएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसबाट नौ जना मन्त्री रहेका छन् । मन्त्रीहरूले पार्टीसँग समन्वय गरी काम नगरेको यसअघि बसेका केन्द्रीय समिति बैठकमा गुनासो आएपछि आजको बैठकमा मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी रहेको एक केन्द्रीय सदस्यले बताए ।
सरकारमा कांग्रेसका तर्फबाट रक्षा, कानुन तथा न्याय, अर्थ, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, उद्याेग वाणिज्य तथा आपूर्ति, सहरी विकास, यूवा तथा खेलकूद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका छन् ।
0 प्रतिकृया