गौरिगाउँको सुकुम्बासी बस्तीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा ६३१ जनाको स्वास्थ्य जाँच
एक्सन खबर
काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गैरीगाउँको सुकुम्बासी बस्तीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । केएमसीले काठमाडौं महानगरपालिका वडा नं. ३२ मातृका प्रसाद कोइराला स्मृति प्रतिष्ठानसँगको सहकार्यमा सुकुम्बासी बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा ६३१ जना सर्वसाधारणको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । शिविरमा ४२ जनाको इसिजी, ८९ जनाको ल्याब परीक्षण, ११० जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा २२ जनाको दाँत खोलिएको तथा ३२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
शिविरमा केएमसीका जनरल मेडिसिन, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, नसा तथा हाडजोर्नी, स्त्री तथा प्रसुति, बाल रोग विभागका स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए भने, सुकुम्बासी बस्ती क्षेत्रका नागरिकहरुले स्वास्थ्य जाँच गराएका थिए ।
केएमसीको स्वास्थ्य सेवालाई आम नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डाक्टर सुनिलकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका थिए । शिविरले गाउँदेखि शहरसम्मका जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेकोले डा. शर्माको अभियानलाई निरन्तर रुपमा अगाडी बढाईने केएमसीले जनाएको छ ।
0 प्रतिकृया