Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


सीटीइभीटीकाे सदस्य सचिवमा महेश भट्टराई नियुक्त

एक्सन खबर
पौष, १३, २०८०


सीटीइभीटीकाे सदस्य सचिवमा महेश भट्टराई नियुक्त

काठमाडाैं । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्यसचिव नियुक्त गरेकाे छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले महेश भट्टराईलाई सीटीईभीटीको सदस्यसचिवमा नियुक्त गरेको हो ।

गत असोजमा उमेर हदका कारण जीव नारायण काफ्लेले अवकाश पाएपछि उक्त पद रिक्त थियो । मन्त्रिपरिषद्ले चार महिनापछि सदस्यसचिव नियुक्त गरेकाे हाे ।

रिक्त पदका लागि महेश भट्टराई, टेकबहादुर मल्ल र विनोद बडालको नाम सिफारिस गरिएकोमा भट्टराईलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाे हाे । राष्ट्रिय योजना आयोग सदस्य रमेशचन्द्र पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियाे ।

तत्कालिन सदस्य सचिव जीवनारायण काफ्लेको उमेर हदका कारण सेवा अवधि सकिएकाे थियाे ।













0 प्रतिकृया