Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दाेषी ठहर, पुष २५ गते सजाय निर्णय गरिने

एक्सन खबर
पौष, १३, २०८०


बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दाेषी ठहर, पुष २५ गते सजाय निर्णय गरिने

काठमाडाैं । राष्ट्रिय किकेटका पूर्वकप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले लामिछानेलाई दाेषी ठहर गरेकाे हाे । शुक्रबार न्यायाधीश शिशिर ढकालकाे एकल इजलासले लामिछानेलाई दोषी ठहर गरेको सूचना अधिकारी चन्द्र प्रसाद पन्थीले जानकारी दिए ।

क्रिकेटर लामिछानेलाई कति वर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले पुस २५ गतेलाई पेशी तोकेको छ । गौशाला २६ पीडितको आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर लामिछानेले बलात्कार गरेको जिल्ला अदालतकाे ठहर छ ।

पीडित नाबालिग भएको भनेर वादीपक्षले गरेको दावी चाँहि जिल्ला अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको छ । गत वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेकोमा आइतबारदेखि निरन्तर बहस भइरहेको थियो ।

सन्दीपविरूद्ध गत वर्ष भदौ २१ गते ती किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए । घटनापछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई निलम्बन गरेको थियो ।

वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए । भने, मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएकाेमा पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत शर्त राखेर रिहा गर्न आदेश दिएको थियो ।

उच्च अदालतको आदेशविरूद्ध क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए भने, महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो ।

सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनलाइ एकसाथ राखेर सुनुवाइ थालेको सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश केही उल्ट्याएर न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई विदेश जाने अनुमति दिएको थियो ।













0 प्रतिकृया