Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


अधिकार माग गर्दै प्रदेशका मुख्यमन्त्रीहरू बालुवाटारमा, ९ बुँदे निर्णय प्रधानमन्त्रीलाई

एक्सन खबर
पौष, १४, २०८०


अधिकार माग गर्दै प्रदेशका मुख्यमन्त्रीहरू बालुवाटारमा, ९ बुँदे निर्णय प्रधानमन्त्रीलाई

काठमाडाैं । प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् । संघीयता कार्यान्वयन गराउन शुक्रबार हेटौंडामा बसेको बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्रीहरुले शनिबार प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

संघीयता कार्यान्यन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउँदै ९ बुँदे निर्णय समेत बुझाएका छन् ।

गत असार १५–१६ गते पोखरामै तय भएको साझा अवधारणा र निर्णयलाई निरन्तरता दिँदै मुख्यमन्त्रीहरूको हेटौंडा बैठक सकिएको थियो । बैठकमा संघीय सरकारले स्थानीय र प्रदेश सरकारहरूलाई संविधानमा प्रदत्त अधिकार प्रत्यायाेजन नगरेकाे निष्कर्ष निकालेकाे थियाे ।

प्रहरी समायोजन ऐन, निजामती कर्मचारी ऐन, शिक्षा ऐन, जग्गा प्राप्ति ऐनको अभावमा काम गर्न नसकेको र साझा अधिकार सूचीका तहगत कार्यविस्तृतीकरण नहुँदा पनि काम गर्न नसकिएको मुख्यमन्त्रीहरूकाे भेलाले निष्कर्ष निकालेकाे छ ।

कार्य व्यस्तताका कारण काठमाडाैं नअाएकाले मुख्यमन्त्रीहरूको टोलीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने सहभागी थिएनन् ।













0 प्रतिकृया