Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


बालकुमारी घटना: दुई परिवारलाई १०–१० लाख, घाइतेहरूकाे निःशुल्क उपचार

एक्सन खबर
पौष, १४, २०८०


बालकुमारी घटना: दुई परिवारलाई १०–१० लाख, घाइतेहरूकाे निःशुल्क उपचार

काठमाडाैं । मन्त्रिपरिषद् बैठकले बालकुमारी घटनामा मारिएका दुई जना युवकको परिवारलाई १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।  शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बालकुमारी घटनामा मारिएका दुई जना युवकको परिवारलाई राहत स्वरुप उक्त रकम दिने निर्णय गरेकाे हाे ।

शुक्रबार ललितपुरमा भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेख सुजन रावतको मृत्यु भएको थियो । सञ्चारमन्त्री रेखा शर्माले सरकारले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएकाे जानकारी दिइन् । उनले प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरिएको भन्दै यसका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई रकम निकासा गर्ने जनाइन् ।

मन्त्रिपरिषद् बैठकले भविष्यमा यस्ता घटना हुन नदिन सुरक्षा संयन्त्रलाई सजग बनाउने निर्णय गर्दै यसका लागि छानबिन समितिको सुझावअनुसार अघि बढ्ने निर्णय गरेकाे सरकारका प्रवक्ता शर्माले बताइन् ।

उनले सो घटनालाई सरकारले गम्भीरतापूर्वक लिएकाले छानबिन समिति बनाएको र केही कर्मचारीलाई निलम्बन गरिएको जानकारी दिइन् । गोली चलाउन आदेश दिने प्रमुख जिल्ला अधिकारी, डिएसी र मन्त्री ज्वालाको पीएसओलाई निलम्बन गर्ने निर्णय भइसकेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

शुक्रबारको घटनामा सुरक्षा कमजोरी भएको बताउँदै अदालतको फैसला ३ बजे आउने भन्ने कुरालाई पनि राम्रोसँग बुझाउन नसक्दा र सम्मयता अपनाउन नसक्दा क्षति हुन पुगेको उनकाे भनाइ छ । ‘केही सुरक्षा कमजोरी भएको छ । मन्त्रीज्यूको गाडीलाई टार्गेट गरिएको भन्दापनि स्वतः स्फूर्त रुपमा जुलुस भएको हो । करिब ३ बजे अदालतको पूर्ण फैसला आउने भन्दापनि ठीक ढंगले सञ्चार गर्न सकिएन । सुरक्षा संयमता अपनाउनुपर्छ भन्नेमा हामीले गम्भीर ढंगले छलफल पनि गरेका छौँ । त्यसमा केही कमजोरी भयो भनेरै गोली चलाउन आदेश दिने डीएसपी, पीएसओ, उपसचिवलगायतका कर्मचारी निलम्बित भएका छन् ।’ उनले भनिन् ।

शुक्रबार ललितपुरको बालकुमारीमा कोरियामा कामदारका लागि जान लिने भाषा परीक्षाको फारम भर्न नपाएका युवाहरुको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो ।













0 प्रतिकृया