Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


‘राजनीति गर्नेहरूमा नैतिकता र संस्कार चाहिन्छ, अहिलेका युवाहरूमा भएन’ डा. शेखर काेइराला

एक्सन खबर
पौष, १८, २०८०


‘राजनीति गर्नेहरूमा नैतिकता र संस्कार चाहिन्छ, अहिलेका युवाहरूमा भएन’ डा. शेखर काेइराला

काठमाडाैं । राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार चाहिने नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बताएका छन् । नेतामा नैतिकता र संस्कार आवश्यक भएपनि अहिलेका नेता तथा युवाहरुमा दुबै कुरा नपाइने भन्दै अति महत्वकांक्षा भएका कारण पनि पार्टीमा विभिन्न समस्या भोग्नु परेको नेता काेइरालाले बताएका छन्  ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेश स्तरिय भेलामा डा. कोइरालाले नेपाली कांग्रेस सुदृढ बनाउन राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तीनवटा शब्द दिएर विपी कोईराला गएको बताउँदै यी तीनवटै कुरा लिएर कांग्रेस अघि बढेमा समाप्त नहुने जिकीर गरे । ‘नेपाली कांग्रेस विगतमा किन बलियो थियो र क्रमशः किन कमजोर हुँदैछ भन्ने कुराहरु प्रजातन्त्र सेनानी संघलाई थाहा छ । तपाईँहरुले पार्टीलाई सल्लाह, सुझाव र प्रतिक्रिया दिनुपर्छ । पार्टीभित्र विगतमा भएका असल अभ्यास र अहिलेका नराम्रा कुराको तपाईहरुले सकारात्मक आलोचना गनुपर्छ ।’ डा. काेइरालाले भने ।

उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने समेत बताए । कोइरालाले भने, ‘निर्वाचनअघि गठबन्धन हुने भए लोकतान्त्रिक शक्तिहरूसँग मात्रै हुन्छ । कम्युनिष्टहरूसँग हुँदैन । चुनावपछि जरुरत पर्छ जाऔं ।’ नेता शेखरले अहिलेको अवस्थामा पार्टी चले पार्टीको अस्तित्व समेत संकटमा पर्नसक्ने आशंका गरेका छन् ।

नेपाली कांग्रेस सहमहामन्त्री डिना उपाध्यायले कांग्रेसले पुराना नेताहरुको अभिलेख पार्टीले राख्नुपर्ने बताउदै  मुलुकका लागि महत्वपुर्ण योगदान पुर्याएकाहरुको अभिलेख राख्ने र विगतमा गरेका कामको आधारमा न्याय दिनपनि अभिलेख राख्नुपर्ने धारणा राखिन् ।

संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले सेनानीहरुको परिचयपत्र नेपाल सरकारले दिनुपर्ने बताउदै सेनानीले विगतको राजनीतिमा महत्वपूर्ण योगदान पुराएकोले उहाँहरुको सम्मान पार्टीले अहिले गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।













0 प्रतिकृया