Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


नेपाल इन्जिनियरिङ कलेजमा हल्ट प्राइजकाे नयाँ संस्करण जारी

एक्सन खबर
पौष, २१, २०८०


नेपाल इन्जिनियरिङ कलेजमा हल्ट प्राइजकाे नयाँ संस्करण जारी

काठमाडाैं । नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीहरूको लागि नोबेल पुरस्कारका रूपमा परिचित हल्ट प्राइजकाे नयाँ संस्करण सुरू भएकाे छ । विद्यार्थीहरूलाई रचनात्मक र सामाजिक उद्यमहरू विकास गर्न प्रोत्साहित गर्ने हल्ट प्राइजकाे याे संस्करणमा सहभागीहरूले आ-आफ्ना प्रस्तुतिहरू दिइरहेका छन् ।

नेक हल्ट प्राइजका क्याम्पस निर्देशक सुवास खनालका अनुसार अक्टोबर १२ मा समिति सदस्यहरु सँग ग्रूमिङ र परिचयात्मक सत्रको आयोजना गरिएकाे थियो । जहाँ आयोजक समिति सदस्यहरुलाई हल्ट प्राइजको बारे परिचय र समिति सदस्यको रूपमा आफ्नो भुमिका बारे जानकारी दिइएकाे थियाे ।

गत नोभेम्बर ९ मा प्रेरणादायी र सशक्तिकरण द हल्ट प्राइज कम्युनिटी नामक प्रेरक सत्रको आयोजना गरिएकाेमा नेकका विद्यार्थी कल्याण मशाशाखाका प्रमुख एशाेसिएट प्राध्यापक सचिन श्रेष्ठले हल्ट प्राइजमा नेककाे यात्रा र नेकको प्रभाव बारे जानकारी दिएका थिए । साे क्रममा सहभागीहरूले हल्ट प्राइज २०१८/०१९ का क्षेत्रीय फाइनलिस्ट संयोग उपाध्यायको हल्ट यात्राकाे बारेमा बुझ्ने मौका पनि पाए ।

त्यस्तै नाेभेम्बर २९ मा प्रतिष्पर्धीहरूकाे परिचयात्मक सत्र चलाइएकाेमा साेहि सत्रमा सहभागीहरूलाई हल्ट पुरस्कारको बारेमा अभिमुखीकरण दिइएको थियो । सहभागीहरूलाई कलेजकाे हल्ट प्राइजकी पूर्व निर्देशक तानिया लामिछानेले हल्ट प्राइज २०२३ को विषयवस्तु बारे जानकारी दिइन् ।

६ डिसेम्बरमा ‘द आर्ट इज पिचिङ’ नामक सत्रको आयोजना गरिएकाे र  सत्रका अतिथि वक्ता अमरेश शाह थिए । उक्त सत्रमा सहभागीहरूले प्रस्तुत गर्ने विषयवस्तुहरूलाई कसरी आकर्षक ढंगले प्रस्तुत गर्न सकिन्छ भन्ने सञ्चार प्रविधिहरूबारे छलफल गरिएको थियो ।

यस्तै, १५ डिसेम्बरमा Edu Eyrie India सँगको सहकार्यमा उद्यम कार्यशाला आयोजना गरिएको थियो । सत्रका अतिथि वक्ता अक्षयकीर्ति विजय थिए । उनी भारतका प्रख्यात सिरियल उद्यमी हुन् । उनीसँग प्रशिक्षण, कोचिङ, सेल्स र बीपीओ सञ्चालनमा १७ वर्षभन्दा बढी अनुभव छ ।

नेक हल्ट प्राइजमा अन्य विभिन्न सत्रहरू अझै बाँकी रहेकाे क्याम्पस निर्देशक सुवास खनालले बताएका छन् । खनालका अनुसार नेक हल्ट प्राइजमा उद्यमीहरूसँग कुराकानी, व्यवसाय प्रस्ताव लेखन र अन्य सत्रहरू सञ्चालन गर्न बाँकी रहेकाे छ । प्रतियाेगिताले युवा विद्यार्थीहरूमा रहेकाे नविनतम साेच, खाेज र आइडियालाई प्रस्फुटन गराउन र इन्टरनेशनल एक्सपाेज प्राप्त गर्न टेवा दिइरहेकाे छ ।

नेकमा भइरहेको प्रतियोगितामा विद्यार्थीहरुले दिगो विकास लक्ष्यहरूसँग मिल्दोजुल्दो र समाजमा सकारात्मक प्रभाव पार्ने विषयहरूलाई प्रस्तुत गर्नेछन् । हल्ट प्राइज नेक क्याम्पस निर्देशक खनालका अनुसार कलेज स्तरीय प्रतियोगिताका विजेताले भारतको मुम्बईमा हुने एसिया रिजनल प्रतियोगितामा भाग लिनेछन् । त्यहाँ उत्कृष्ट भए ग्लोवल प्रतिष्पर्धामा भाग लिँदै उत्कृष्ट हुनेले एक मिलियन डलर बराबरको पुरस्कार प्राप्त गर्न सक्नेछन् ।













0 प्रतिकृया