Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


यी हुन् राष्ट्रिय सभा निर्वाचनमा एमालेका १९ उम्मेदवार

एक्सन खबर
पौष, २२, २०८०


यी हुन् राष्ट्रिय सभा निर्वाचनमा एमालेका १९ उम्मेदवार

काठमाडौं । माघ ११ गते हुन गइरहेकाे राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार टुंगाे लगाएकाे छ । एमालेले राष्ट्रियसभा निर्वाचनका लागि सबै १९ सिटकै उम्मेदवार टुंगो लगाएको हाे ।

महासचिव शंकर पोखरेलले उम्मेदवारहरुको नामावली सार्वजनिक गर्दै कोशी प्रदेसबाट महिलाबाट सुनसरीकी रुक्मिणी काेइराला र अन्यबाट भोजपुरका पर्शुराम अधिकारीलाई उम्मेदवार बनाउने जनाएका छन् ।

एमालेले मधेश प्रदेसबाट महिलातर्फ पर्साकी उषादेवी थरुनी र अन्यबाट महोत्तरीका अर्जुनकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बागमतीबाट महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अल्पसंख्यक/अपांगता भएकाबाट काठमाडौंका विवेक देवकोटा र दलिततर्फ धादिङका धु्रबराज विश्वकर्मा उम्मेदवार बनाउने भएको छ ।

गण्डकीमा महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यक तथा अपांगता तर्फबाट मुस्ताङका हेमचन्द्र शेरचन उम्मेदवार छन् । लुम्बिनीमा महिलातर्फ दाङकी तुलसाकुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादु घर्ती उम्मेदवार हुनेछन् ।

कर्णालीबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विक र सुदूरपश्चिममा महिलातर्फ कैलालीकी सावित्रादेवी घिमिरे, अन्यतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अल्पसंख्यक तथा अपांगतातर्फ कैलालीका रामचन्द्र जोशी उम्मेदवार बन्ने भएका छन् ।

१९ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ । फागुन २० गते राष्ट्रिय सभाका २० सांसदहरूको पदावधि सकिँदैछ । एक जना भने राष्ट्रपतिले मनाेनयन गर्ने व्यवस्था छ । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएकी राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेललाई राष्ट्रपतिले मनोनीत गर्ने कोटाबाट राष्ट्रिय सभामा लैजाने सत्ता गठबन्धन विच सहमति भएको छ ।

गत निर्वाचनमा प्यूठानमा नेकपा एमालेका सूर्य थापासँग भारी मतले पराजित नेकपा मसालकी पौडेललाई विज्ञको कोटाबाट राष्ट्रिय सभामा लैजाने सहमति सत्ता गठबन्धनका नेताहरुले गरेका हुन् ।













0 प्रतिकृया