Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


आज राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध उजुरी दिने दिन

एक्सन खबर
पौष, २४, २०८०


आज राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध उजुरी दिने दिन

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवार विरुद्ध आज उजुरी दिन सकिन्छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनाेनयन दर्ता गराएका उम्मेदवार विरूद्ध आज दाबीविरोध र उजुरीको दिन पाइन्छ ।

सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएकाे छ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् ।

उनीहरूविरुद्ध परेको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेकाे छ । यही पुसको २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आयोगका अनुसार उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ ।

राष्ट्रिय सभा निर्वाचनमा सात प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट १९ जना सदस्य निर्वाचित हुनेछन् भने, एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।













0 प्रतिकृया