जसपाले बोलायो केन्द्रीय राजनीतिक समितिको बैठक
एक्सन खबर
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । भोलि देखि सुरु हुने दुई दिने बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेको लागि बोलाइएको छ ।
बैठकमा राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन प्रस्तुत हुनेछ । त्यसैगरी पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा र आ-आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरुको प्रगति विवरण प्रतिवेदन प्रस्तुत हुनेछ ।
पुस २७ गते केन्द्रीय समितिको बैठक बस्ने केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतले जनाएका छन् ।
0 प्रतिकृया