Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


बलात्कार तथा हत्या आराेपित तपश्वी रामबहादुर बम्जन पक्राउ

एक्सन खबर
पौष, २४, २०८०


बलात्कार तथा हत्या आराेपित तपश्वी रामबहादुर बम्जन पक्राउ

काठमाडौं । अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका तपश्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेकाे छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंकाे बुढनिलकण्ठबाट पक्राउ गरिएकाे प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

सर्लाही, नुवोकाट, मकवानपुरका युवती तथा महिलालाई बलात्कार गरेकाे तथा वेपत्ता पारेको आरोप लागेका बम्जनलाई मंगलबार बुढानिलकण्ठको हात्तीगौडास्थित एक घरबाट पक्राउ गरेकाे हाे । उनी त्यहाँ श्रीमती तथा छाेराछाेरी सहित बस्दै आएकाे सूचना पाएपछि सिआइबी) का डिएसपी धर्मराज भण्डारीको नेतृत्वको टोली पुगेकाे थियाे ।

बम्जनलाई पक्राउ गर्न २०७६ साल पुसमा सिन्धुपाल्चोकको इन्द्रावती–६ बाँडेगाउँ तथा २०७७ साल असारमा सिन्धुलीकाे कमलामाई नगरपालिका ९ पैरेको आश्रममा प्रहरीले छापा समेत हानेको थियो ।

उनीविरूद्ध आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको थियो । तीमध्ये एक जनालाई उनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी शवसम्म बेपत्ता पारेको थिए ।

उनीविरूद्ध गंगामायाले बलात्कारको जाहेरी दिएकाेमा उनकाे मुद्दा सर्लाही जिल्ला अदालतमा विचाराधिन छ । आफुलाई ‘लिलिट बुद्ध’ भनेर चिनाउने बम्जन २०७४ सालदेखि प्रहरीकाे खाेजीमा थिए ।













0 प्रतिकृया