Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


सांसद भगबती चौधरीद्वारा ४० मुसहर परिवारलाई न्यानो कपडा वितरण

एक्सन खबर
पौष, २५, २०८०


सांसद भगबती चौधरीद्वारा ४० मुसहर परिवारलाई न्यानो कपडा वितरण

सुनसरी । सांसद भगबती चौधरीले आफ्नो निर्वाचन क्षेत्रको मुसहर बस्तीमा ४० घरपरिवारलाई न्यानो कपडा तथा स्थानीय मन्दिरलाई भाँडावर्तन वितरण गरेकी छन् । प्रतिनिधि सभा नचलेको समयमा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सात्क्षात्कार हुँदै त्यहाँका विकास निर्माणको अनुगन समेत गर्दै आइरहेकी चौधरीले बुधबार इटहरी उपमहानगरपालिका वडा नं. ७ को मुसहरबस्तीका ४० विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेकी हुन् ।

सोक्रममा चौधरीले स्थानीय शिवपार्वती मन्दिरमा करिब ७० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान पनि गरिन् । ज्येष्ठ नागरिकका अनुभवबाट समाजले धेरै कुरा सिक्ने भएकाले उनीहरुको संरक्षण र सम्मान गर्नुपर्ने चौधरीको भनाई छ । सांसद चौधरीसँगै निर्वाचन क्षेत्रमा निर्माणाधिन विकासका पूर्वाधारहरुको निरीक्षण अनुगमनमा सहभागी कोशी प्रदेशसभा सदस्य रोहीत कार्कीले जिल्लाकै पिछडिएको क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, ढल पुलआदीको विकास गर्न र जनताका सुख दुखःमा सधैं आफुहरु सदैव साथमा रहने बताए ।

सांसद चौधरीसहित स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्दिजिवि, एवम अगुवा कार्यकर्ताहरुले उक्त वडाका विभिन्न स्थान, शिवपार्वती मन्दिर, पुर्वमुहसर बस्ती, एसओएस बालग्राम तथा लक्ष्मी आधारभूत माध्यामिक विद्यालयको समेत निरीक्षण गर्दै स्थानीय क्षेत्रका विभिन्न समस्याहरु बुझ्ने र समाधानका लागि सम्बन्धीत निकायसँग आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

सो क्रममा शिव पार्वती मन्दिर अगाडी खोलामा पक्कि पुल निर्माणको निम्ति बजेट विनियोजन भएकोले पुल निर्माणको डिपिआर तयार गर्ने, भूतपूर्व प्रहरी संगठनको भवन तथा आवश्यक पूर्वाधार निर्माणमा बजेटको पहल गर्ने, लक्ष्मी स्कुलको पूर्वाधार निर्माणमा आवश्यक लागत स्टिमेट गरि पठाउने तथा विपन्न समुदायको निम्ति सुरक्षित आवास निर्माणको निम्ति जग्गा खोज्न आफु लाग्ने सांसद चौधरीले प्रतिबद्धता जनाइन् । उनले लक्ष्मी स्कुल अगाडी फुटबल खेलिरहेका खेलाडी हरुलाई प्रोत्साहन गर्दै आवश्यक खेलकुदका सामग्री दिने प्रतिबद्धता जनाइन् ।

सुनसरी क्षेत्र नं. ३ को आर्थिक, सामाजिक, शैक्षिक र पूर्वाधार विकासमा जोड दिँदै आइरहेकी चौधरीले पुस माघको जाडोमा कठ्याङ्ग्रिन विवस नागरिकलाई थोरै भएपनि राहत मिलोस भनेर आफ्नो व्यक्तिगत खर्चमा न्यानो कपडा वितरण गरेकी हुन् । सोक्रममा सांसद चौधरीले उक्त क्षेत्रको विकासका लागि आफु प्रतिबद्ध रहेको बताइन् । ‘म सत्तामा रहँदा होस् वा नरहँदा तपाईहरुको घरदैलोमै रहन्छु । यहाँको विकास गर्न, गरिबी हटाउन, पूर्वाधार बनाउन यथासक्य पहल रहनेछ ।’ चौधरीले भनिन् ।

गतवर्ष छोटो समय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व सम्हाल्दा केही नीतिगत निर्णय र क्षेत्रका महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि केही कार्य गर्न सफल चौधरीले गाँसबास र कपासबाट बञ्चित नागरिकको लागि सरकार जिम्मेवार बन्नुपर्नेमा बर्तमान गठबन्धन सरकार कुर्सी जोगाउन मात्र तल्लीन रहेको बताइन् ।



















0 प्रतिकृया