Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


अन्तरधार्मिक आयोग गठनका लागि सरकार सकारात्मक: मन्त्री किराती

एक्सन खबर
पौष, २७, २०८०


अन्तरधार्मिक आयोग गठनका लागि सरकार सकारात्मक: मन्त्री किराती

काठमाडौ । संधीय सांसद एकनाथ ढकालको नेतृत्वमा गएको अन्तरधार्मिक अगुवाहरुको प्रतिनिधिमण्डलले पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग छलफलल गरेको छ । बिहिबार सिंहदरवार स्थित पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा अन्तरधार्मिक अगुवाहरुले नेपालको संविधानको भावनाको कदर गर्दै ‘अन्तरधार्मिक आयोग’ गठन गर्न मन्त्री किराती सँग माग गरे ।

छलफलमा सांसद तथा अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य एकनाथ ढकालले धार्मिक क्षेत्रले शान्ति, सदभाव र भातृत्वको अभिबृद्धि गर्नु पर्ने बताउदै अन्तरधार्मिक आयोगको अपरिहार्यतामाथि भएको बताए ।

मन्त्री किरातीले आफु देशका सबै धर्म संस्कृतिको हकहितको पक्षमा रहेको बताउँदै मन्त्रालयले अन्तरधार्मिक अगुवाहरुसँग निरन्तर छलफल गर्ने तथा अन्तरधार्मिक आयोग गठनमा सकारात्मक रहेको बताउँदै प्रतिनिधिमण्डललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटि आफ्ना कुरा राख्न सुझाब दिए ।

मन्त्री किरातीले बिबिधता नेपालको सम्पति र सुन्दरता रहेको भन्दै मध्य पहाडी क्षेत्रमा बहुसांस्कृतिक महारेखाको अवधारणा अघि सार्ने भन्दै निकट  भविष्यमा मन्त्रालयले सांकृतिक सम्लेलन गर्ने जानकारी दिए ।

छलफलमा धार्मिक अगुवाहरु भिक्षु धर्ममुर्ति, इशाई अगुवा डा. केबी रोकाया, डा. महेन्द्र भट्टराई, मुस्लिम महिला अधिकारकर्मी सीमा खान, हिन्दु पण्डित केशव प्रसाद चौलागाई, प्राध्यापक स्वामी आनन्द बिनोद, जैन गुरु नमन उपाध्याय, किरात धर्म गुरु दङ्ग धोज खोयाहाङ्ग, बहाई गुरु डा. नरेन्द्र पाण्डे, डा. पियारत्न मर्हजन, युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडल, विश्व शान्ति तथा एकीकृत परिवार महासंघका मनोज सुर्खेती लगाएत विभिन्न आठ धार्मिक समुदाय का अगुवाहरुको सहभागिता रहेको थियो ।













0 प्रतिकृया